Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

चिनियाँ राष्ट्रपति बने विश्वकै शक्तिशाली व्यक्तिः ट्रम्प भए तेस्रो, को कतिमा नम्बरमा ? (सूचीसहित)

फोर्ब्सले यस वर्ष सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चित्रित गरेको छ । पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने शक्तिशाली व्यक्तिहरुको सूचीमा सी सन् २०१८ को लागि पहिलो नम्बरमा परेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीको ‘नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार’ लाई चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो विधानमा समावेश गरेपछि उनी माओ र तङपछि सबैभन्दा शक्तिशाली नेताको रुपमा उदाएका हुन्। दोस्रो शक्तिशाली व्यक्तिमा रसियाका राष्ट्रपति भ्लादमिर पुटिन छन् । पुटिन सन् २००० देखि सत्तामा छन्। यो वर्षको राष्ट्रपतीय चुनावमा पुटिनले ७७ प्रतिशत मत ल्याएर चौथो कार्यकालका लागि चुनिए । तत्कालीन सोभियत संघको विघटनपछि धेरै समयसम्म सत्तामा रहने व्यक्तिमा पुटिन पर्छन् । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र र सैन्य शक्ति भएको मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्म तेस्रो शक्तिशाली व्यक्ति भएका छन् । आफ्ना एजेण्डाहरु पारित गराउन नसकेको, व्यक्तिगत र व्यापारिक जीवनका बारेमा नकरात्मक कुरा बाहिर आएका कारण ट्रम्प तेस्रो स्थानमा झरेको फोर्ब्सले जनाएको छ । \"\" जर्मन चान्सलर एन्जेला मार्केल चौथो स्थानमा छिन् । यूरोपको डी–फ्याक्टो लिडरसमेत रहेकी मार्केलसँग युरोपियन युनियनको भविष्य र युरोपमा देखा परेको आप्रवासी समस्याहरुको चुनौती छ । विश्वका सबैभन्दा धनी एवं एमाजोन कम्पनीका प्रमुख जेफ बेजोस ५ औँ शक्तिशाली व्यक्तिको रुपमाअटाएका छन् । एक सय ३२ दशमलव ४ बिलीयन अमेरिकी डलरका मालिक बेजोसले सन् २०१३ मा २ सय ५० मिलियन डलरमा द वासिङ्टन पोष्ट खरिद गरेका थिए । विश्वका एक अर्ब ३० करोड ईसाइ धर्मावलम्बीहरुका धार्मिक नेता एवं रोम क्याथलोटिक चर्चका पादरी पोप फ्रान्सिस छैटौँ शक्तिशाली व्यक्तिको रुपमा रहेका छन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्स ७ औँ स्थानमा छन्। बिल गेट्सले श्रीमतीसँग मिलेर बिल एण्ड मिलन्डा गेट्स फाउन्डेशन सञ्चालन गरेका छन्। यो संस्था विश्वको सबैभन्दा धेरै च्यारिटी गर्ने निजी संस्था हो । ८ औँ स्थानमा साउदीका राजकुमार मोहम्मद बिन सल्मान अल साउद रहेका छन् । सन् २०१७ को नोभेम्बरमा मोहम्मदले साउदीमा भ्रष्टचार विरोधी कारवाही चलाएका थिए।यस क्रममासाउदीका धेरै इलिट र धनाढ्यहरुलाई जेलगएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको ९ औँ शक्तिशाली व्यक्तिको सूचीमा अटाए। भ्रष्टाचार नियन्त्रणका लागि उनले सन् २०१६ मा ५ सय र १ हजारका भारतीय नोट प्रयोगमा प्रतिबन्ध लगाएका थिए । गुगलको प्यारेन्ट कम्पनी अल्फबेटका सिइओ ल्यारी पेज १० औँ स्थानमा छन् । सन् १९९८ मा पेजले सर्जे ब्रिनसँग मिलेर गुगलको स्थापना गरेका थिए। पेज गुगुलका प्रथम सिइओ समेत हुन् । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई फोर्ब्सले ३६ औँ शक्तिशाली व्यक्तिको सूचीमा राखेको छ । को कति नम्बरमा हेर्नु यहाँ क्लिक गर्नुहाेस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending