Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

युद्धविराम गर्न चीनले गर्यो आग्रह

याङगुन । चीनले आफ्नो सिमानासँग जोडिएको म्यानमारको भूभागमा भएको हिंसा रोक्न म्यानमारलाई युद्धविराम गर्न आग्रह गरेको छ । म्यान्माली सेना र स्थानीय आदिवासी जनजातिका विद्रोही समूहका बीचमा भएको भिडन्तमा परी शनिबार १९ जनाको मृत्यु भएपछि चीनले आइतबार यस्तो आग्रह गरेको हो । पछिल्ला केही वर्षमा भएका नराम्रा हिंसाका घटनामा परी म्यानमारमा धेरैजना सर्वसाधारण नागरिक मारिएका छन् । चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी सान राज्यमा लामो समयदेखि विद्रोह गरिरहेको ताङ नेशनल लिवरेशन आर्मी (टीएनएलए)सँग सरकारी सेनाको शनिबार बिहान छ बजेदेखि भीडन्त शुरु भएको थियोे । “हामीले रातभर र भोलिपल्ट विहान छ बजेसम्म पनि बम पड्किएको ठूलो आवाज सुनेका थियौं,– स्थानीयले भनेका छन् । कहाँ कस्को भिडन्त भएको हो भन्ने बारेमा भने केही थाहा नपाएको उनीहरुको भनाइ छ । स्थानीय एक बासिन्दाले भने, घटनामा परी कम्तीमा २७ जना घाइते भएका थिए । सन् २०१७ को सुरुदेखि भएको द्वन्द्वका कारण चीनको युनान प्रान्तमा झण्डै २० हजार म्यानमारका शरणार्थी गएकाले चीनलाई यो द्वन्द्व तनावको विषय बनेको छ । याङ्गुनमा रहेको चिनीयाँ दूतावासले सरोकारवाला पक्षलाई युद्धविराम गर्न आइतबार आग्रह गरेको हो । म्यानमारमा सरकारी सेना र विद्रोही पक्षकाबीचमा भएको झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको समाचार शनिबार नै आएको थियो । चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी सान राज्यमा शनिबार स्थानीय आदीवासीको विद्रोही समूहसँग सरकारी सेनाको भीडन्त भएको अधिकारीले जानकारी दिएका छन् । एक जना उच्च सरकारी अधिकारीले भन्नुभयो, “भीडन्तमा परी कम्तीमा १९ जना मारिएका छन् भने अरु दुइ दर्जनभन्दा बढी घाइते भएका छन् ।” लामो समयदेखि विद्रोह गरिरहेको ताङ नेशनल लिवरेशन आर्मी (टीएनएलए)सँग सरकारी सेनाको शनिबार बिहान पाँच बजेदेखि भीडन्त शुरु भएको थियोे । एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending