एउटा आश्चर्यजनक कदम चाल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार प्रतिबन्धका कारणका संकटमा परेको एक चिनियाँ टेलिकम कम्पनीलाई जोगाउन अमेरिकी वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।
जेड्टीइ नामक चिनियाँ कम्पनी अमेरिकी निर्यात प्रतिबन्धका कारण संकटमा परेको बेला ट्रम्पले आफ्नो नीतिलाई पुन: उल्ट्याउने संकेत गरेका हुन् । चीन र अमेरिकाबीच यसै साताका लागि निर्धारित महत्त्वपूर्ण व्यापार वार्ताअघि ट्रम्पले चिनियाँ कम्पनीलाई बचाउन पहल गर्न निर्देशन दिएका हुन् । ट्विटरमा एउटा सन्देश लेख्दै ट्रम्पले चीनसँग उत्पन्न समस्या समाधान गर्नका आफूले चिनियाँ राष्ट्रपतिसँग वार्ता गरिरहेको बताएका छन् । उनको भनाइमा अमेरिकी प्रतिबन्धका कारण \"चीनमा धेरै रोजगारी संकटमा परेको\" छ । जेड्टीइले ८० हजार मानिसलाई रोजगारी दिइरहेको छ । गत एप्रिलमा कैयौँ अमेरिकी कम्पनीहरूलाई जेड्टीइका लागि सामान निर्यात गर्न प्रतिबन्ध लगाइएको थियो । त्यो चिनियाँ कम्पनीले इरान र उत्तर कोरियालाई सामान नदिने भन्ने सहमति तोडेको अमेरिकाको भनाइ छ । निर्यात प्रतिबन्धपछि जेड्टीइले आफ्ना थुप्रै कामहरू स्थगित गरेको छ । अमेरिकास्थित टिप्पणीकारहरूको भनाइमा ट्रम्पको पछिल्लो सन्देश चीनसँगको उनको व्यापार नीतिमा नाटकीय फेरबदल हो । ट्रम्पले चीनले अमेरिकीहरूको रोजगारी खोसिरहेको आरोप निरन्तर लगाउने गरेका छन् । यसै हप्ताको अन्त्यमा व्यापार सहजीकरणका विषयमा चीन र अमेरिकाबीच वाशिङ्टनमा उच्चस्तरीय वार्ता हुन गइरहेको छ। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: