Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

इन्डोनेसियामा प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु, दर्जनौं घाइते

इन्डोनेसिया । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ । उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको ज्यान गएको प्रहरीले जनाएको थियो । आतंककारीहरुले सोमबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए । तर सो आक्रमणबाट प्रहरी मुख्यालयमा ठूलो क्षति भने हुन पाएन । त्यसमा परी आत्मघाती हमलाकारी नै मारिएका छन् । विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । सुरबियाका प्रहरी प्रमुखले भनेका छन्– आक्रमणमा आएका चार जना आत्मघाती नै मारिएका छन् र प्रहरी अधिकारीसहित १० जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी अधिकारीहरु छन् । प्रहरीले ती आत्मघाती आक्रमणकारीको परिचय खुलाएको छैन । उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ । उनीहरुले रमादान पर्वको शुरुवातलाई लक्षित गरेर बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ । आइतबार तिनै आतंककारीले चर्चमा हमला गरी प्रार्थनाका क्रममा रहेका व्यक्तिको हत्या गरेका थिए । आइतबार बिहान तीनवटा चर्चमा छुट्टाछुट्टै हमला भएको थियो । हमलामा परी ४० जना घाइते भएका बताइएको छ । इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमादानको वर्त बस्ने तयारी गरिरहेका छन् । त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ । रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो । यस हमलाको जिम्मेवारी कसैले लिएको छैन । तर प्रहरीले यहाँका अतिवादी मुस्लिमबाटै यस्तो काम भएको हुनसक्ने अनुमान गरेको छ । यहाँको प्रहरीले चर्चहरुमा सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको बताएको छ । आइतबारको आक्रमणपछि चर्चमा थप सुरक्षाको प्रबन्ध गरिएको जनाएको छ । तर सोमबार बिहान भने ती हमलाकारीहरुले प्रहरी मुख्यालयमै आत्मघाती हमला गरेको बताइएको छ । आइतबार देखि नै उक्त सहरमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending