Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रतिनिधिसभा नियमावली पारित हुँदै, ‘थुनामा रहेका सांसद् स्वतः निलम्बित हुने’

काठमाडौं । फौजदारी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् निलम्बन गर्ने विषयमा एमाले र माओवादी केन्द्रबीच सहमति भएसँगै प्रतिनिधिसभा नियमावली पारित प्रक्रिया अघि बढेको छ। दुई दलको शीर्ष तहमा भएको छलफलपछि एमालेले दर्ता गरेको संशोधनमा मतदान गरेर अघि बढ्ने समझदारी बनेको हो। दुई दल निलम्बनको पक्षमा उभिएसँगै फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् स्वतः निलम्बन हुने व्यवस्था थप हुनेछ। दुई दलको सहमतिपछि बुधबार नियमावली पारित गर्ने तयारी संघीय संसद् सचिवालयले थालेको छ। बुधबारको बैठकमा नियमावली पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची सचिवालयले तयार पारेको छ। संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले नियमावली पारित हुनेगरी कार्यसूची तय भएको बताए। बुधबार नै संशोधनासहितको प्रतिवेदन पेस र छलफलको कार्यसूची तय भएको गौतमले जानकारी दिए। पुर्पक्षका लागि थुनामा रहेका सांसद् निलम्बन गर्ने वा नगर्ने विवादबीच नियमावली मस्यौदा समितिले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो। समितिले निलम्बन नहुने तर, सेवा सुविधा र पदीय पहिचान नहुने गरी मस्यौदा प्रतिनिधिसभामा पेस गरेको थियो। समितिको प्रतिवेदनको सैद्धान्तिक छलफलका क्रममा आलोचना भएको थियो। सैद्धान्तिक छलफलपछि संशोधनका क्रममा एमालेका तीन सांसद्ले निलम्बनका पक्षमा संशोधन दर्ता गरेका थिए। वैशाख २५ गते दर्ता भएको संशोधन तत्कालै सदनमा पेस गर्ने तयारी भए पनि राजनीतिक सहमतिका लागि केही दिन रोकिएको थियो। फौजदारी अभियोग लागेका सांसदमाथि थप कडा प्रावधान हुनुपर्ने भन्दै संशोधन प्रस्ताव निलम्बनको पक्षमा दलीय सहमति जुटे पनि प्रतिनिधिसभाका समिति संख्यामा विवाद यथावत छ। एमाले र माओवादी दश समितिको पक्षमा छन्। कांग्रेस तथा अन्य साना दल सात समिति निर्माणको पक्षमा छन्। प्रतिनिधिसभामा दुई सत्तारुढ दलको सहज बहुमत रहेका कारण एमाले–माओवादीको प्रस्ताव सहज पारित हुने देखिन्छ। प्रतिनिधिसभामा एमालेका १२१ र माओवादी केन्द्रका ५३ सांसद् छन्। बहुमतबाट कुनै पनि प्रस्ताव पारितका लागि १३८ सदस्य हुनुपर्छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending