Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कौशल्टार–लौकिन्थली सडकखण्डको भौगर्भिक अध्ययन गरिने

मध्यपुर थिमि,  यही वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पका कारण क्षति भएको अरनिको राजमार्गअन्तर्गत कौशल्टार–लौकिन्थली सडकखण्डमा चिरा (धाँजा) परेको खण्डमा भौगर्भिक अध्ययन गरिने भएको छ ।

विनाशकारी भूकम्पका कारण लौकिन्थली आकासेपुलदेखि कौशलटारको आकासेपुलभन्दा १०० मिटर पूर्वसम्म करिब एक फिटदेखि तीन फिटसम्म ठाउँठाउँमा छ लेन सडक र त्यस क्षेत्रका वरिपरिको जमिनसमेत धाँजा परेको थियो ।

उक्त धाँजा (चिरा) परेको जमिन ‘फल्ट’ हो वा ‘ग्राउन्ड मुभमेन्ट’ हो भन्ने बारेमा विस्तृत अध्ययन गर्न मध्यपुर इन्जिनियरिङ समाजका तर्फबाट भूकम्प इन्जिनियर सत्यसुन्दर श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय अध्ययन टोली गठन भएको छ ।

टोलीमा संरचना इन्जिनियर सुजन श्रेष्ठ, दिलीप गःसी, जियोटेक इन्जिनियर सनोज भट्टराई, भूकम्प इन्जिनियर प्रकाश गुरागाईं, भूगर्भ इन्जिनियर प्रमिला श्रेष्ठ, रास जोशी, सिभिल इन्जिनियर सूर्य प्रजापति र शङ्कर प्रजापति रहेका छन् ।

संयोजक भूकम्प इन्जिनियर श्रेष्ठले निकट भविष्यमा टोलीले काम थालनी गर्ने र विस्तृत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्ने बताए ।

इन्जिनियरिङ समाजको सक्रियतामा यसअघि मध्यपुर थिमि क्षेत्रका घरमा ¥यापिट एसिसमेन्ट (भूकम्पबाट चर्केका घरमा बस्न हुन वा नहुनेबारे) अध्ययन गरिसकेको बताउँदै उहाँले उक्त कार्यका लागि स्ट्रकचर इन्जिनियर पाँचजनाको नेतृत्वमा पाँचवटा टोली गठन गरी ५० जना इन्जिनियरले मध्यपुर थिमिको एकदेखि १७ वटासम्मको करिब ५०० घरमा जाँच गरिसकेको बताए ।

यही वैशाख १२ र २९ गतेको गएको विनाशकारी भूकम्पका कारण मध्यपुर थिमिमा धेरै घर भत्किएको र अधिकांश घर बस्न नहुने गरी चर्केको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending