Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मत तान्न अझै किन महत्त्वपूर्ण छन् मोदी ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी-बीजेपीले उसको राजनीतिक प्रभाव निरन्तर रूपमा बढाइरहेको देखिन्छ ।

दक्षिणी राज्य कर्नाटकमा हालै भएको विधानसभा चुनावमा मोदीको दल सबैभन्दा ठूलो पार्टीका रूपमा उदाएको छ । भारतका २९ वटा राज्यमध्ये २० वटा राज्यमा बीजेपीको सरकार छ र अब २१औँ राज्यको सत्ताको बागडोर सम्हाल्ने दाबी पनि उसले गरेको छ । दुई अन्य दलहरू कंग्रेस तथा क्षेत्रीय पार्टी जनता दल (सेक्युलर)ले अन्तिम समयमा आएर एकअर्कासँग चुनावपश्चात् गठबन्धन गर्ने घोषणा गर्दै स्थितिलाई नयाँ मोड दिए । गठबन्धनले उनीहरूलाई सत्तामाथि उचित दाबी गर्ने मौका दिएको पनि ती दुई दलहरू बताउँछन् । कांग्रेस तथा जनता दलले ११४ सिट हासिल गरेका छन् भने बीजेपीसँग १०४ सिट छ । अब कर्नाटक राज्यमा त्यहाँका राज्यपालले कसले त्यहाँ सरकार गठन गर्नेछ भनेर आह्वान गर्नुपर्ने हुन्छ । तर सामान्य बहुमत पाउनबाट बीजेपी ८ सिटले मात्र पछि परेपनि मोदी चुनावी परिणामबाट निकै नै खुसी देखिन्छन् । गत एक वर्षमा बीजेपीले भारतका ग्रामीण उत्तर-पूर्वमा अनपेक्षित रूपमा प्रभाव बिस्तार गरेको छ। त्यो क्षेत्रमा २५ वटा संसदीय सिटहरू छन् । पाँच वटा दक्षिणी भारतीय राज्यहरूमा अहिलेसम्म केही सफलता नपाएको बीजेपीले ६ करोड ४० लाख जनसंख्या भएको कर्नाटकमा राम्रो चुनावी परिणाम ल्याएको छ । अघिल्लो सरकारमा मन्त्री रहेका कंग्रेसका एक दर्जनभन्दा बढी नेताले उनीहरूको सिट गुमाएका छन् । यसको अधिकतम श्रेय मोदीलाई नै जान्छ । एकदमै आक्रमक अभियानका क्रममा, निकै मिहिनेती भनिने नेता मोदीले २० भन्दा धेरै सार्वजनिक बैठकहरू गरे । साथै लोकप्रियवादी क्षेत्रीय नेता तथा कांग्रेशबाट मुख्यमन्त्री बनेका सिद्धरमैयाविरुद्ध कडा रूपमा उत्रिएको देखियो । मोदीले भ्रष्टचारका विरुद्ध लड्ने अनि अर्थतन्त्रलाई मजबुत पार्ने कुरा गरे जबकि उनका दलका अन्य नेताहरूले धार्मिक मुद्दा उठाए । चुनावी नतिजाले फेरि पनि मोदी अझै पनि उनको दलको सबैभन्दा महत्तवपूर्ण व्यक्ति हुन् भन्ने पुनः प्रमाणित भएको छ । राहुल गान्धीले नेतृत्व गरेको कांग्रेसका लागि चुनावी हार एउटा ठूलो बाधा भन्न सकिन्छ । हालैका वर्षमा कांग्रेसले बलियो नेतृत्वको अभावको सामना गरिरहेको छ । कयौँ सामाजिक निर्वाचन क्षेत्रहरूमा स्तब्ध तुल्याउने गतिमै उसले मतदाताहरू गुमाएको छ र भारतको ठूलो हिस्सा ओगट्ने अधैर्य तथा महत्तवकांक्षी मतदाताहरूलाई आश्वस्त पार्ने आशा प्रदान गर्न विफल भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending