Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूको नामावली राजा समक्ष पेश

क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्नो मन्त्रीपरिषद्का थप सदस्यहरूको नामावली राजा समक्ष पेश गरेका छन् । राष्ट्रप्रमुख समेत रहेका राजा मोहमद पाचौं समक्ष प्रधानमन्त्री मोहमदले नामावली पेश गरेको अधिकारीहरूले बताएका छन् । मन्त्रीहरूलाई आउदो सोमबार गोपनीयताको सपथ ग्रहण गराउनुका साथै पद बहाली समेत गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजालाई बुझाइएको १४ सदस्यीय मन्त्रीपरिषद्को नामावलीमा उपप्रधानमन्त्रीको रूपमा वान अजिजा वान स्माइलको नाम उल्लेख छ । मन्त्रीहरूको सूचीमा सत्तारुढ गठबन्धन पाकातान हारापानमा रहेका चार दलको तर्फबाट बराबर सहभागिता रहेको छ । महाथिरले पुर्वयोजना अनुसार नै शिक्षा मन्त्री आफ्नो पार्टी मलेसियान युनाइटेड इन्डिजेनियस पार्टीका मस्ली मालिकलाई बनाउनुभएको छ ।

पिपुल्स जस्टीस पार्टीबाट आर्थिक मामिला मन्त्री बन्नु भएका मोहमद अज्मीन बिन अली सेलाङगोर राज्यका मुख्यमन्त्री समेत छन् । कुनै राज्यको मुख्यमन्त्री केन्द्रीय मन्त्री बन्नु दुर्लभ भएको बताइएको छ । उनले केन्द्रीय मन्त्री बनिसकेपछि मुख्य मन्त्री पद छाड्ने कि नछाड्ने भन्ने बारेमा अझै सम्म स्पष्ट भइसकेको छैन ।

प्रधानमन्त्री महाथिरले आफ्नो मन्त्रीपरिषद् सानोे हुने र बढीमा २५ सदस्यीय मात्रै हुने बताउदै आएका छन् । महाथिर नेतृत्वको गठबन्धनले केही दिन अगाडी सम्पन्न आमनिर्वाचनमा जीत हाँसिल गरेर नयाँ सरकार बनाएको हो ।

बयानब्बे वर्षीय प्रधानमन्त्री महाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताएका छन् । यसअघि लामो समय मुलुकको प्रधानमन्त्री भएर विश्राम लिनुभएका महाथिरले निवर्तमान प्रधानमन्त्रीको कार्यकालमा मुलुकमा भ्रष्टाचार र गलत कामहरू भएको भन्दै पुनः राजनीतिमा फर्किएका हुन् । एजेन्सी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending