Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

भारतमा निपाह भाइरसको संक्रमणबाट १२ घण्टाभित्रै थप ८ को मृत्यु, कति जोखिममा छ नेपाल ?

काठमाडौँ । भारतको केरल राज्यमा एउटा नयाँ प्रकारको भाइरसको संक्रमणबाट एकै अरिवार्का तीन जनाको मृत्यु भएपछि यसले स्वास्थ्य चासो बढाएको छ । निपाह नाम दिइएको उक्त भाइरसलाई विश्व स्वास्थ्य संगठनले तीव्र गतिमा फैलिरहेको पशुजन्य संक्रमणको रूपमा परिभाषित गरेको छ । यस भाइरसको प्रकृति पूर्ण रूपमा थाहा पाइनसकिएकाले यसको संक्रमण भइसकेपछि देखा परेका लक्षणहरूको उपचार गर्नु बाहेक अन्य विकल्प नरहेको स्वास्थ्यविदहरू भन्छन् । भारतीय मिडियामा पछिल्लो दुई हफ्तामा केरल राज्यको तटीय सहर कोकिझोडमा एकै परिवारका तीन जनाको ज्यान जाने कारण यहि भाइरसको संक्रमण रहेको तथ्यहरूले पुष्टि गरेको भनी समाचार सम्प्रेषण गरेका छन् । इण्डियन एक्सप्रेसका अनुसार तीनै जनाको ज्यान गएको १२ घण्टा भित्र नै कोकिझाड र मलाप्पुरममा समान प्रकारका लक्षणसँगै थप ८ जनाको मृत्यु भएपछि सरोकारवालालाई झनै चिन्तित बबाइदिएको छ । कस्तो हो यो भाइरस? \"\"विश्व स्वास्थ्य संगठनका अनुसार  निपाह भाइरस (NiV) तीव्र गतिमाफैलिरहेको भाइरस हो जसले मानिस थाथा जनावरहरूमा गम्भीर प्रकारको बिमारी गराउँछ । यस भाइरसको बारेमा सबैभन्दा पहिले १९९८ मा मलेसियाको कम्पङ सुंगाई निपाह भन्ने पत्ता लागेको थियो । यसै ठाउँको नामबाट यस भाइरसको नाम पनि निपाह परेको हो । उक्त समय यस भाइरसले बंगुरहरूलाई संक्रमित बनाएको थियो । यसको विस्तारको प्रक्रिया पनि अचम्म लाग्दो छ । आजसम्म जहाँ जहाँ निपाह भाइरसको संक्रमण भेटिएको छ त्यहाँ यसलाई सर्ने कुनै मध्यम पाइएको थिएन । सन् २००४ मा बंगलादेशमा पनि केही मानिसमा यसको संक्रमण देखा परेको थियो । उक्त समय संक्रमितहरूले खजुरको रुखको चोप सेवन गरेका थिए र त्यहाँसम्म फ्रुटब्याट भनिने एक प्रकारको चमेरो ले उक्त भाइरस पुऱ्याइएको निष्कर्ष निकालिएको थियो । उपलब्ध छैन कुनै उपचार यसका साथै हालैका दिनहरूमा यो भाइरस मान्छेबाट मान्छेमा सर्न थालेको तथ्य समेत फेला परेको छ । भारतका केही अस्पतालहरूमा भर्ना गरिएका संक्रमितहरूमा मान्छेबाट नै उक्त भाइरस सरेको पाइएको थियो । निपाह भाइरसको संक्रमण भएपछि श्वासप्रश्वास सम्बन्धी गम्भीर लक्षण देखा पर्ने या इन्सेफ्लाइटिस हुने बताइएको छ । मानिस एअवं जनावरहरूलाई यस भाइरसको संक्रमणबाट बचाउन सक्ने कुनै औषधि आजसम्म बनेको छैन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन-सीडीसीका अनुसार निपाह भाइरसको संक्रमण इन्सेफ्लाइटिस रोगसँग जोडिएको छ जसले मष्तिष्कमा नोक्सान पुऱ्याउँछ । कस्ता छन् त लक्षण? यस भाइरसले शरीरमा प्रवेश गरेपछि ३ देखि १४ दिनसम्म अत्यधिक ज्वरो र टाउनको दुख्ने कारण बन्न सक्छ। यी लक्षणहरूले २४ देखि ४८ घण्टाभित्र रोगीलाई कोमामा पुऱ्याउन सक्छन् । सुरुमा सास फेर्न समस्या देखिने गरे पनि आधाभन्दा बही रोगीहरूमा स्नायु सम्बन्धी समस्याहरू देखा पर्न सक्छन् । कसरी सर्छ निपाह भाइरस? सन् १९९८-९९ मा यो संक्रमण फैलिँदा २६५ जनामा यसका लक्षण देखा परेका थिए जस मध्ये ४० प्रतिशतमा गम्भीर स्नायु सम्बन्धी समस्याहरू देखा परेका थिए र ती सबैको मृत्यु भएको थियो। सामान्य अवस्थामा यो भाइरस मानिसको सम्पक्मा आउने चमेरा, बंगुर या अन्य संक्रमित मानिसबाट सर्न सक्छ । मलेसिया र सिङ्गापुरमा यो भाइरस बंगुर बाट सरेको थियो भने बंगलादेश र भारतमा यो चमेरा र मानिसबाट सरेको पाइएको छ ।  खुला सीमा र समान जलवायुका कारण नेपालमा पनि यसको जोखिम रहेको भएपनि यसबारे कुनै आधिकारिक जानकारी भने प्राप्त भएको छैन । एजेन्सीहरूको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending