Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मन्त्री लालबाबु पण्डितको खुलासाः सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुन तस्करका संलग्न सबैलाई पक्राउ गर्ने बताएका छन् । सुन तस्करबारे छानबिन गर्नका लागि एक महिनाको समय थपिएको बताउँदै पण्डितले तस्करमा जोडिएका जोसुकैलाई कारबाही गरिने बताए ।  मन्त्री पण्डितले सुन तस्करमा संलग्न कसैलाई पनि छोड्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । “कुनै रहस्य यदी छ भने पनि सबै रहस्यको पर्दाफास हुन्छ । जतिसुकै शक्तिशाली र ठूला मान्छे सुन तस्करमा संलग्न भए पनि जेल जान्छन् ।” पण्डितले भने । “कोही पनि राजनीतिकर्मीहरुको नाम आयो भने पनि छुट पाउने स्थिती हुँदैन । प्रमाणको आधारमा छानबिन हुन्छ ।” छानबिन समितिको प्रतिवेदनले जोकोहीको संलग्नता पुष्टी गरे पनि सरकारले कानुनअनुसार कारबाही गर्ने पण्डितले बताए । “सुन तस्करमा संलग्नको पर्दाफास गर्न लागि नै सरकारले समिति बनाएको हो । समितिलाई पूर्ण सहयोग गरेर तस्करमा संलग्नको पहिचान गरेर कारबाही गर्छौँ ।” पण्डितले भने । “जनताको तहमा जनप्रतिनिधीको तहमा, सरकारको तहमा, राजनीतिक पार्टीको तहमा र कर्मचारीको तहमा भएमा पनि यदी छन् भने कसैले पनि छुट पाउँदैनन् ।” सरकारले ल्याएको नीति तथा कार्यक्रम देश र जनताको हितमा रहेको दाबी गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रम संशोधन गर्नुपर्छ भन्नु धर्म मात्रै भएको उनले बताए । यद्यपी संसदमा हुने छलफलमा सकारात्मक सुझाब आएमा त्यसलाई बजेटमा समावेश गरिने मन्त्री पण्डितले बताए । सत्तापक्षले नीति तथा कार्यक्रममाथि कुनै पनि संशोधन दर्ता नगराउने पण्डितले स्पष्ट पारे । संविधान संशोधन गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश नगरिएकोप्रति आलोचना भइरहँदा मन्त्री पण्डितले संविधान संशोधन गर्नका लागि नीति तथा कार्यक्रममा उल्लेख गर्न आवश्यन नरहेको बताए । “नीति र कार्यक्रममा नआइकन संविधान संशोधन हुँदैन भन्ने कसैको भनाई छ भने त्यो बुझाई नै गलत हो ।” उनले भने । संविधान संशोधन नीति तथा कार्यक्रममा आउने विषय नै नभएको पण्डितको तर्क छ । अहिले तत्काल संविधान संशोधन गर्न आवश्यक नरहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending