Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

विकास र समृद्धिका लागि सिण्डिकेट अन्त्य हुनुपर्छः गृहमन्त्री बादल

धनगढी । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अनियमितता र सिण्डिकेटको अन्त्य नभएसम्म मुलुकमा विकास र समृद्धि आउन नसक्ने बताएका छन् ।

आज यहां आयोजित पत्रकार सम्मेलनमा उनले भने “ विकास निर्माण, यातायात, स्वास्थ्य, शिक्षा, कृषिलगायत हरेक क्षेत्रमा देखिएको भ्रष्टाचार, अनियमितता र सिण्डिकेट अन्त्यका लागि सरकार पूर्ण प्रतिवद्ध छ ।” गृहमन्त्री थापाले सरकार विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै तस्करीलाई समर्थन गर्ने प्रहरीलाई तत्काल कारबाही गर्ने दृढता व्यक्त गरे । प्रहरी, कर्मचारी संयन्त्र र राजनीतिक दलमा सुधारको ठूलो खाँचोको आवश्यकता महसुस गरेर सरकारले शुद्धिकरणको अभियान चलाइरहेको बताउँदै उहाँले यो कार्यमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे । पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका संविधान विरोधी क्रियाकलापलाई राजनीतिक र प्रशासनिक ढंगबाट समाधान खोज्ने गृहकार्यमा सरकार लागिपरेको बताउँदै दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताले देशमा राजनीतिक स्थायित्वलाई सुनिश्चित गरेको बताए । उनले आन्तरिक सुरक्षा नीतिलाई सबल र सुदृढ बनाई मुलुकको विकास र समृद्धिलाई सुनिश्चित गर्न सातवटै प्रदेशमा सुरक्षा गोष्ठी गरिएको पनि बताए । यसैगरी गृहमन्त्री थापाले आज यहांँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गरे । सो अवसरमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सुरक्षाको उचित व्यवस्थापनका लागि मन्त्रालयले ल्याएको गृह प्रशासन सुधार कार्ययोजनाका विषयमा गोष्ठीमा छलफल हुने जानकारी दिए । गोष्ठीमा प्रदेश नं ७ का नौ वटै जिल्लाका सुरक्षा निकाय प्रमुखको सहभागिता रहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy