Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

युक्रेनले किन दियो ट्रम्पका वकिललार्इ गोप्य रूपमा ४ लाख डलर ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले युक्रेनी राष्ट्रपति र राष्ट्रपति ट्रम्पबीचको भेटघाट मिलाउन गोप्य रुपमा चार लाख डलर लिएको खुलासा भएको छ । गएको जुनमा ह्वाइट हाउसमा भएको उक्त भेटवार्ता मिलाउने काममा संलग्न किएभस्थित निकटस्थहरूले यस्तो खुलासा गरेका हुन् । युक्रेनी नेता पेट्रो पोरोसेन्कोको मध्यस्तकर्ताहरूको भूमिका खेलेका व्यक्तिहरूले उक्त रकमको व्यवस्थापन गरेका थिए । तर अमेरिकी कानूनले आवश्यक ठानेको युक्रेनी सरकारको प्रतिनिधिको भूमिकामा त्यस्तो गतिविधि हुँदा कोहेन थिएनन् । कोहेनले आफूमाथिका आरोप अस्वीकार गरेका छन् । राष्ट्रपति पेरोसेन्कोको कार्यालयले त्यो आरोपलाई \"सफा झूठ\" भन्दै दुई देशबीचको सम्बन्ध विगार्ने उद्देश्य अन्तर्गत उक्त आरोप लगाइएको जनाएको छ । राष्ट्रपति ट्रम्प र पोरोसेन्कोबीच ह्वाइट हाउसमा जुनमा भेटवार्ता भएको थियो । युक्रेनी राष्ट्रपति घर फर्किए लगत्तै उनको देशको भ्रष्ट्राचार विरोधी निकायले ट्रम्पको चुनावी अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्ट विरूद्धको अनुसन्धान बन्द गरेको थियो । पोरोसेन्को प्रशासनका एक उच्च गुप्तचर अधिकारीले ह्वाइट हाउस भ्रमण अघि भएका गतिविधिबारे जानकारी दिएका हुन् । उनले कोहेनलाई पनि समावेश गरिएको उल्लेख गर्दै युक्रेनका दर्तावाल वकालतकर्ता र वासिङटनस्थित दूतावासले पोरोसेन्को र ट्रम्पबीच एउटा संक्षिप्त तस्वीर खिचाउने खालको मात्र नभई त्यो भन्दा बढी देखिने खालको भेटवार्ता सुनिश्चित गर्न खोजेको जानकारी दिए। उनका अनुसार पोरोसेन्को वार्ता भनेर व्याख्या गर्न मिल्ने किसिमको भेट चाहान्थे । वरिष्ठ अधिकारीको भनाइमा पोरोसेन्कोले ट्रम्पलाई भेट्न पछाडिको सम्पर्क सुत्र स्थापना गर्न चाहे र एक जना पूर्व सहयोगीलाई जिम्मा दिए । ती पूर्व सहयोगीले एक जना युक्रेनी संसदबाट मद्दत खोजेका थिए । तीनले न्यूयोर्कमा अवस्थित छबाद अफ पोर्ट वासिङटन नामक एउटा यहुदी परोपकारी संस्थामा रहेका आफ्ना व्यक्तिगत सम्पर्क सुत्रलाई प्रयोग गरे । उक्त परोपरकारी संस्थाले आफ्ना अधिकारीहरू संलग्न नभएको स्पष्ट रुपमा उल्लेख गर्न बीबीसीलाई भनेको छ । यसले अन्तत: राष्ट्रपतिका वकिल र नजिकका सम्पर्क सुत्र कोहेनसम्म पुर्‍यायो। कोहेनलाई चार लाख डलर तिरियो । ट्रम्प त्यसबारे जानकार रहेको कुनै संकेत मिलेको छैन् । किएभस्थित अर्को स्रोत पनि त्यही विवरण दिएको छ तर उसले कोहनलाई कूल ६ लाख अमेरिकी डलर तिरिएको बताएको छ । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending