Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

युक्रेनले किन दियो ट्रम्पका वकिललार्इ गोप्य रूपमा ४ लाख डलर ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले युक्रेनी राष्ट्रपति र राष्ट्रपति ट्रम्पबीचको भेटघाट मिलाउन गोप्य रुपमा चार लाख डलर लिएको खुलासा भएको छ । गएको जुनमा ह्वाइट हाउसमा भएको उक्त भेटवार्ता मिलाउने काममा संलग्न किएभस्थित निकटस्थहरूले यस्तो खुलासा गरेका हुन् । युक्रेनी नेता पेट्रो पोरोसेन्कोको मध्यस्तकर्ताहरूको भूमिका खेलेका व्यक्तिहरूले उक्त रकमको व्यवस्थापन गरेका थिए । तर अमेरिकी कानूनले आवश्यक ठानेको युक्रेनी सरकारको प्रतिनिधिको भूमिकामा त्यस्तो गतिविधि हुँदा कोहेन थिएनन् । कोहेनले आफूमाथिका आरोप अस्वीकार गरेका छन् । राष्ट्रपति पेरोसेन्कोको कार्यालयले त्यो आरोपलाई \"सफा झूठ\" भन्दै दुई देशबीचको सम्बन्ध विगार्ने उद्देश्य अन्तर्गत उक्त आरोप लगाइएको जनाएको छ । राष्ट्रपति ट्रम्प र पोरोसेन्कोबीच ह्वाइट हाउसमा जुनमा भेटवार्ता भएको थियो । युक्रेनी राष्ट्रपति घर फर्किए लगत्तै उनको देशको भ्रष्ट्राचार विरोधी निकायले ट्रम्पको चुनावी अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्ट विरूद्धको अनुसन्धान बन्द गरेको थियो । पोरोसेन्को प्रशासनका एक उच्च गुप्तचर अधिकारीले ह्वाइट हाउस भ्रमण अघि भएका गतिविधिबारे जानकारी दिएका हुन् । उनले कोहेनलाई पनि समावेश गरिएको उल्लेख गर्दै युक्रेनका दर्तावाल वकालतकर्ता र वासिङटनस्थित दूतावासले पोरोसेन्को र ट्रम्पबीच एउटा संक्षिप्त तस्वीर खिचाउने खालको मात्र नभई त्यो भन्दा बढी देखिने खालको भेटवार्ता सुनिश्चित गर्न खोजेको जानकारी दिए। उनका अनुसार पोरोसेन्को वार्ता भनेर व्याख्या गर्न मिल्ने किसिमको भेट चाहान्थे । वरिष्ठ अधिकारीको भनाइमा पोरोसेन्कोले ट्रम्पलाई भेट्न पछाडिको सम्पर्क सुत्र स्थापना गर्न चाहे र एक जना पूर्व सहयोगीलाई जिम्मा दिए । ती पूर्व सहयोगीले एक जना युक्रेनी संसदबाट मद्दत खोजेका थिए । तीनले न्यूयोर्कमा अवस्थित छबाद अफ पोर्ट वासिङटन नामक एउटा यहुदी परोपकारी संस्थामा रहेका आफ्ना व्यक्तिगत सम्पर्क सुत्रलाई प्रयोग गरे । उक्त परोपरकारी संस्थाले आफ्ना अधिकारीहरू संलग्न नभएको स्पष्ट रुपमा उल्लेख गर्न बीबीसीलाई भनेको छ । यसले अन्तत: राष्ट्रपतिका वकिल र नजिकका सम्पर्क सुत्र कोहेनसम्म पुर्‍यायो। कोहेनलाई चार लाख डलर तिरियो । ट्रम्प त्यसबारे जानकार रहेको कुनै संकेत मिलेको छैन् । किएभस्थित अर्को स्रोत पनि त्यही विवरण दिएको छ तर उसले कोहनलाई कूल ६ लाख अमेरिकी डलर तिरिएको बताएको छ । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy