तेहरान । इरानी विदेशमन्त्री मोहमद जाभेद जरिफले अगामी आइतबारबाट भारतको भ्रमण सुरु गर्नुहुने भएको छ ।
उहाँ द्विपक्षीय वार्ताको लागि आइतबार भारततर्फ जान लाग्नुभएको इरानी सरकारी समाचार समिति इर्नाले जनाएको छ । दुबै देशको राजनीतिक र आर्थिक पक्षमा छलफल हुने अपेक्षा गरिएको यस वार्ताको प्रतिनिधिमण्डलमा जरिफ प्रमुख रहनुहुने इरानको विदेश मन्त्रालयका प्रवक्ता बारम कासेमीलाई उद्धृत गर्दै इरानको समाचार समिति इर्नाले जनाएको छ । यस भ्रमणको क्रममा उहाँले आफ्ना भारतीय समकक्षीलगायत सरकारी उच्चस्तरीय व्यक्तिहरुसँग भेटवार्ता गर्नुहुने छ । साथै भेटवार्ताको क्रममा पछिल्लो समयमा क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा उठेका विविध समसामयिक विषयहरुको समिक्षा गरिने पनि इरानको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत फेब्रुअरीमा इरानका राष्ट्रपति हसन रोहानीले भारत भ्रमणका लागि राजधानी नयाँ दिल्ली पुग्नुभएको थियो । सो भ्रमणको क्रममा दुई देशको आर्थिक पक्षलाई समेट्ने नौ वटा सम्झौताहरु भएका थिए । इरान र भारतबीच मित्रवत सम्बन्ध रहदै आएको र कैयौँ क्षेत्रमा महत्वपूर्ण व्यापारिक सम्भौताहरु पनि भएका समाचारमा जनाइएको छ ।सिन्ह्वायो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: