Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

राहतका लागि आएको सामग्री व्यापारी विष्णु खत्रीको गोदाममा

काठमाडौं, सिन्धुपाल्चोकको फुल्पिङडाँडाका लागि आएको राहत सामग्री व्यापारी तथा हिमालय सीमापार व्यापार संघका अध्यक्ष विष्णु खत्रीको निजी गोदाममा फेला परेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण श्रेष्ठले हस्तान्तरण गरेको राहत सामग्री खत्रीको निजी गोदाममा भेटिएको हो । नेपालगञ्ज उद्योग वाणिज्य संघले सिन्धुपाल्चोकको फुल्पिङडाँडाका पीडितहरुका निम्ति उपलब्ध गराएको ६ हजार २ सय ५० किलो चामल, ५ सय किलो दाल, ३ सय थान त्रिपाललगायतका राहत सामग्री खत्रीको निजी गोदाममा फेला परेको हो । ‘सिन्धुपाल्चोकमा जति पनि राहत बाँडियो, सबै राजनीतिक भेदभाव गरेर आ–आफ्नै मान्छेलाई मात्रै बाँडियो र वास्तविक गरिबहरुले पाएनन् । त्यसो भएपछि नेपालगञ्ज उद्योग वाणिज्य महासंघका साथीहरुसँग मैले नै अनुरोध गरेर वास्तविक गरिबहरुलाई राहत बाँड्नका निम्ति मगाएको हुँ’, यसबारे खबरडबली राखेको जिज्ञासामा खत्रीले भने– ‘एकाएक मंगलबार भूकम्प र पहिरो आएपछि बाटो अवरुद्ध भयो, ज्यानै माया मारेर राहत बाँड्न नसकिने भएकाले मैरै खालि गोदाममा सामान थन्क्याएर साथीहरु जानुभयो, सोमबार कृष्ण श्रेष्ठसहितका साथीहरु उतैबाट आउनुहुन्छ र उहाँहरु नै मंगलबार पीडितहरुकहाँ पुगी ती सामान वास्तविक गरिबलाइ बाँड्नुहुन्छ ।’ ‘राजधानीबाट फुल्पिङडाँडासम्म पुग्ने बाटो अहिलेसम्म कहिल्यै अवरुद्ध छैन । हामी निरन्तर सोही क्षेत्रमा क्रियाशील छौं’, राजधानीबाट ४–५ पटक नै सिन्धुपाल्चोक पुगेर राहत बाँडिसकेका तथा मंगलबारको भूकम्पमा समेत सिन्धुपाल्चोककै संकटग्रस्त क्षेत्रमा उद्धार र राहतमा सक्रिय भई शुक्रबार राजधानी आइपुगेका एक भूकम्पपीडित फुल्पिङडाँडावासीले खबरडबलीसँग भने– ‘यस्तो संकटमा बाँडिने भनिएको राहत र अझ त्रिपालजस्तो सामग्री हप्तौं गोदाममा थन्क्याइनु र उनीबाट नभई अरुबाटै त्यसबारे जानकारी बाहिर आउनुले खत्रीको नियतमा खोट रहेको स्पष्टै बुझिन्छ ।’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा हालका केन्द्रीय सदस्य राजेन्द्र श्र्रेष्ठ समेत यही प्रकरणमा मुछिएका छन् । सामान बुझ्दा उनी पनि साथै रहेको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताए । खत्री नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् र उनीमाथि यसअघि व्यापारिक नाका तातोपानीमा रक्तचन्दन तस्करी गरेको समेत आरोप छ । रक्तचन्दन तस्करीको आरोप लागेपछि उनी केही समय चीनमा गएर लुकेका थिए । खत्रीले आफू व्यापारिक कामको सिलसिलामा चीनमा बसेको बताए पनि जानकारहरु भने उनी तस्करीको आरोपमा समातिने डरले भागेर चीनमा लुकेको बताउँछन् । गतवर्ष सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरोको समयमा समेत उनले सुन तस्करी गरेको आरोप लागेको थियो । उद्धारका नाममा निजी हेलिकप्टर प्रयोग गरी काठमाडौंमा सुन भित्र्याएको आरोप समेत उनीमाथि लाग्दै आएको छ । संविधानसभाको पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दाबी गरे पनि नेपाली कांग्रेसकै मोहनबहादुर बस्नेतले टिकट उछिट्याएपछि उनी रन्थनिएर व्यापारमै केन्द्रित भए । अब आउने निर्वाचनमा आफू कांग्रेसको उम्मेदवारी बन्ने पक्कापक्की भएको प्रचार गर्दै हिँडेका खत्री आफूविना तातोपानी नाका सञ्चालन नै हुन नसक्ने बताउँदै हिँड्ने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies