Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

त्रासका कारण सर्वसाधारण अझै उपत्यका भित्रन सकेनन्

काठमाडौँ, भूकम्प गएपछि राजधानी उपत्यकाबाट बाहिरिएका सर्वसाधारणमा त्रास कायमै भएका कारण अझै फर्किन सकेका छैनन् । वैशाख १२ गते र त्यसपछि पटक पटक गएको भूकम्पको त्रासले राजधानी बाहिरिएका करिब आठ लाखभन्दा बढी सर्वसाधारण अझै फर्किन सकेका छैनन् । भूकम्प गएपछि वैशाख १२ देखि ३१ गतेसम्म एक लाख ३४ हजार २१७ सवारी साधनबाट १४ लाख ४८ हजार ७१८ सर्वसाधारण राजधानीबाट बाहिरिए थिए । सोही अवधिमा एक लाख १० हजार १८० सवारी साधनबाट छ लाख ५० हजार ७१२ यात्रु मात्र भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक पोषराज पोखरेलले जानकारी दिए । भूकम्प गएको सुरुको अवधिमा राजधानी बाहिरिने क्रम ह्वात्तै बढेपनि जनजीवन सामान्य बन्दै गएपछि उपत्यका भित्रिने सर्वसाधारणको सङ्ख्यामा पनि वृद्धि भएको थियो । तर वैशाख २९ पुनः भूकम्पको ठूलो पराकम्पन गएपछि राजधानी भित्रिने सार्वसाधारणमा त्रास कायमै रहेको देखिन्छ । गत २४ घण्टामा उपत्यकामा भित्रिने र बाहिरिने सवारीसाधन तथा यात्रुको अवस्था हेर्दा पनि भित्रिने भन्दा बाहिरिनेको सङ्ख्या बढी देखिन्छ । जेठ १ गते बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्मको अवधिमा पाँच हजार ९११ सवारीसाधनबाट ३९ हजार ५२६ यात्रु राजधानी भित्रिएका छन् भने सोही अवधिमा पाँच हजार ९०५ सवारी साधनबाट ५३ हजार २२६ यात्रु बाहिरिएको महाशाखाले बताएको छ । भूकम्पबाट राजधानीलगायत मध्यमाञ्चलका पहाडी जिल्ला बढी प्रभावित भएकाले राजधानी बस्ने सर्वसाधारण असुरक्षित ठानेर तथा भूकम्पपछि महामारी फैलने हल्लाका कारण एक्कासी बाहिरिए थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending