Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

म्याग्दीको गुर्जामा पदमार्ग निर्माण

\"\" म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा पदमार्ग निर्माण गरिएको छ । गुर्जा, चुरेन र पुठा हिमालले घेरिएको गुर्जामा भ्रमणको लागि जाने पर्यटकको सुविधाको लागि पदमार्ग निर्माण गरिएको हो । पैदलयात्रामार्फत लुलाङ हुँदै गुर्जा जाने बाटो अन्तर्गत देउरालीदेखि लत्रबाङसम्म पदमार्ग निर्माण कार्य सम्पन्न भएको वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए । पदमार्ग निर्माणका लागि धौलागिरि गाउँपालिका कार्यालयले विनियोजन गरेको रु ११ लाख बजेटमा स्थानीयवासीले श्रमदान समेत गरि पदमार्ग बनाएका हुन् । जंगलमै अस्थायी रुपमा बास बसेर गुर्जाका ५० जना भन्दा बढीलाई परिचालन गरी उक्त पदमार्ग निर्माण गरिएका वडा अध्यक्ष छन्त्यालले जानकारी दिए । देउरालीदेखि–फेदीसम्मको ओरालो बाटोमा साँघुरो र पहिरोको कारण पर्यटक र सर्वसाधारणलाई आवतजावत गर्न कठिनाई हुने गरेको थियो । सदरमुकाम बेनीदेखि २६ कोष टाढाको दुरीमा रहेको गुर्जा पुग्न लुलाङदेखि एक दिनभर जंगल र अग्ला पहाडको यात्रा गर्नुपर्छ । यो वर्ष करिब एक किलोमिटर बढी बाटोमा ढुंगाको सिँढी राखेर पदमार्ग बनाइएको पदमार्ग निर्माण समितिका अध्यक्ष गोर्खा छन्त्यालले बताए । जंगलभित्र फराकिलो सिँढी चिनेर पदमार्ग निर्माण भएपछि सर्वसाधारणलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम तर्फ आवतजावत गर्न सहज भएको छ भने भ्रमणको लागि पर्यटकको लागि समेत सहजता मिलेको छ । स्थानीयवासीले जंगलभित्र थप एक किलोमिटर बाटोलाई चौंडा बनाउने काम गरेपनि बजेट अभावले सिँढी चिनेर पदमार्ग बनाउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष छन्त्यालको भनाइ छ । बाटो अप्ठ्यारो हुँदा पर्यटक समेत हिँड्न नसक्ने समस्या रहेको कारण बाँकी ठाउँमा समेत पदमार्ग निर्माणको लागि गाउँपालिकामा थप बजेटको माग गरिएको गुर्जाका स्थानीयवासी प्रेमप्रसाद छन्त्यालले जानकारी दिए। ‘‘ हामी कत्ति पनि बजेटलाई दुरुपयोग नगरिकन काम गछौँ, जिल्लाकै सबैभन्दा टाढाको रुपमा रहेकाले पनि गुर्जालाई विशेष खालका कार्यक्रममार्फत विकासले जोड्नुपर्छ,’’– उनले भने। ढोरपाटन शिकार आरक्ष क्षेत्रले समेत समेटिएको गुर्जादेखि–रुघाचौर सम्मको पदमार्ग समेत यसैवर्ष निर्माण गरिएको छ । गाउँपालिका कार्यालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट ढोरपाटन तर्फ जाने उक्त बाटोमा अप्ठ्यारो ठाउँमा फराकिलो बनाउने, ढुंगा चिनेर सिँढी निर्माण गर्ने काम गरिएको वडा अध्यक्ष छन्त्यालले जानकारी दिए । यस पदमार्गमा जंगल र भिरको बाटोमा करिब पाँच किलोमिटर पदमार्गलाई फराकिलो बनाउने र मर्मत गर्ने काम गरिएको छ । हिमाल र डाँडाकाँडाले घेरिएको लुकेको गाउँको रुपमा चिनिने गुर्जालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पदमार्ग निर्माण, होमस्टे सञ्चालनसँगै प्रचारप्रसार र कला संस्कृति संरक्षणको काम समेत भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending