Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द

नुवाकोट, २० जेठ । रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ ।केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले जानकारी दिए । “८८ नंं को विद्युतीय पोलको ‘डिस इन्सुलेटर’ पड्किएर तार चुडिँदा त्यसमार्फत स्थानीय क्षेत्रमा प्रवाह गरिएको लाइनमा छोएर उच्च विद्युत् प्रवाह भएकाले उत्पादन बन्द गरिएको छ”– श्रेष्ठले भने, “अवरुद्ध भएको स्थानमा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रबाट प्राविधिक परिचालन गरिएको छ ।” काठमाडाँैबाट आइतबार यहाँ आएका प्राविधिकले अवरुद्ध स्थानको अवलोकन गरेपनि वर्षा भइरहेको र अँध्यारो भएकाले सोमबारदेखि मात्र काम शुरु गर्ने जनाएका छन् । केन्द्रको विद्युत् उत्पादन बन्द हुँदा सोमार्फत रसुवाको आधा स्थान र त्यहाँ निर्माण भइरहेको रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । चिलिमे जलविद्युत् केन्द्रको उत्पादन बन्द हुँदा प्रतिघण्टा रु एक लाख ७१ हजार ८२० नोक्सान हुने गरेको छ । यसैबीच, चिलिमेबाट केन्द्रीय प्रशारण लाइनमा लगेको तार चुडिएर यहाँको स्थानीय क्षेत्रमा प्रवाह गरिएको २३० भोल्टेज तारमा उच्च क्षमताको विद्युत प्रवाह हुँदा उपभोक्ताको घरमा रहेको विद्युतीय उपकरणमा क्षति पुगेको स्थानीयवासी तथा नुवाकोट उद्योग वाणिज्य संघका सदस्य उपेन्द्र बुढाथोकीले जानकारी दिए । उच्च विद्युत् प्रवाहबाट मिटरबक्स, सवामिटर, विद्युत् वाइरिङ, विद्युतीय सामग्री, बत्ती, रेडियो, टिभी, कम्युटरलगायत लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको भन्दै २५ परिवारले लगत संकलन गरी क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । निवेदनमा क्षतिको राहत नपाएसम्म मर्मतमा अवरोध पु¥याउने र स्थानीय विद्युत् प्रवाह गरेको स्थान माथिबाट चिलिमेको लाइन लैजान नदिने उल्लेख गरिएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy