Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

संसदमा कानून स्वीकृतः अब फेसबुक, ट्विटर चलाउँदा पनि कर तिर्नुपर्ने

युगाण्डाको संसदले फेसबुक लगायतका सोसल मिडियाको प्रयोग गर्ने नागरिकमाथि कर लगाउने कानून स्विकृत गरेको छ । उक्त कानून अनुसार फेसबुक, ह्वाट्सएप, भाइबर तथा ट्विटर जस्ता सोसल प्लेटफर्म प्रयोग गर्ने मानिसहरुले हरेक दिन झण्डै ५ रुपैयाँ बराबरको रकम कर तिर्नुपर्नेछ । राष्ट्रपति योवेरी मुसेवनीले उक्त कानूनको समर्थन गर्दै सोसल मिडियामा अफवाह रोक्नका लागि यस्तो कानून लागू गर्न लागिएको बताएका छन् । यो कानून आगामी जुलाई १ तारेखदेखि लागू हुनेछ । तथापि कानून कसरी कार्यान्वयन हुने भन्ने विषयमा अझैपनि असमन्जस्यताको अवस्था रहेको बताइएको छ । संसदले पारित गरेको नयाँ अन्तशुल्क कर सम्बन्धी कानूनमा अन्य धेरै खाले नयाँ कर पनि रहेका छन् । जसमा मोबाइल मनी ट्रान्सफरमा समेत एक प्रतिशत कर तिर्नुपर्ने प्रावधान रहेको छ । यस्तो कानूनले युगान्डाका गरीब नागरिकहरु नराम्रोसँग प्रभावित हुने आशंका गरिएको छ । युगाण्डाका अर्थमन्त्री डेभिड बहाटीले संसदमा बोल्दै पछिल्लोपटक बढाइएको करले देशको राष्ट्रिय ऋण कम गर्न सहयोग गर्ने बताएका छन् । केही सन्देश पनि छ यद्यपि विशेषज्ञ तथा कतिपय इन्टरनेट सर्भिस प्रदायकहरुले सोसल मिडियामा लगाइने दैनिक करप्रति सन्देह व्यक्त गर्दै नयाँ कर कानून कार्यान्वयनप्रति प्रश्न उठाएका छन् । युगाण्डा सरकारले मोबाइलको सिमकार्ड दर्ताको मुद्दासँग पनि जुधिरहेको छ । रोयटर्सका अनुसार देशमा २ करोड ३० लाख मोबाइल प्रयोगकर्ता रहेका छन् । जसमध्ये केवल १ करोड ७० लाखले मात्र इन्टरनेट प्रयोग गर्दछन् । यद्यपि यो नयाँ कानून कार्यान्वयन गर्न सजिलो छैन । को मानिसले सोसल मिडिया प्रयोग गरेको छ र कसले छैन भन्ने कुरा पत्ता लगाउन पनि गाह्रो छ । स्मरण रहोस् राष्ट्रपति मुसेवनीले मार्च महिनादेखि नै यस कानून लागू गर्ने विषयमा वकालत सुरु गरेका थिए । उनले अर्थ मन्त्रालयलाई एक पत्र लेख्दै सोसल मिडियामा कर लगाउनु देशको हितमा हुनेछ र यसले अफवाहबाट मुक्त हुन सहयोग गर्नेछ । तर अर्थ मन्त्रालयले चाहीँ सोसल मिडियाको प्रयोग शिक्षा र अनुसन्धानमा पनि भैरहेको भन्दै यसमा कर लगाउन नहुने बताउँदै आएको थियो । आलोचकहरुले सोसल मिडिया प्रयोगकर्तामाथि कर लगाउने कानूनले अभिव्यक्ति स्वतन्त्रतामा बाधा पूराउने टिप्पणी गरेका छन् । तर राष्ट्रपतिले चाहीँ नयाँ कानूनले मानिसहरुको इन्टरनेट खपत कम हुने र यसले आर्थिक बचत हुने बताएका छन् । युगान्डामा सत्तापक्ष र विपक्षी दुबैका लागि सोसल मिडिया महत्वपूर्ण साधन बन्दै आएको छ । त्यहाँ सन् २०१६ मा राष्ट्रपति चुनावका बेला सोसल मिडियामा रोक लगाइएको थियो । चुनावका बेला झुट नफैलियोस् भनेर त्यस्तो गरिएको राष्ट्रपति मुसेवनीले प्रष्टिकरण दिएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies