Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

नाइजेरियामा बोको हरामद्वारा ५० भन्दा बढी बालबालिका अपहरित

संयुक्त राष्ट्रसंघ, २४ जेठ । नाइजेरियाको सरकारद्वारा आतङ्ककारी घोषित समूह बोको हरामले बिहीबार एक ग्रामीण क्षेत्रमा रहेको विद्यालयबाट ५० जनाभन्दा बढी बालबालिकालाई अपहरण गरेर लगेका छन् । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) केही हप्तामात्र दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट एक हजारभन्दा बढी बालबालिका अपहण गरी लगेको कुरा सार्वजनिक गरे लगत्तै बिहीबार यो समाचार आएको छ ।

लडाकूहरुले बालबालिकालाई लक्ष्य गरी विद्यालयमा पटकपटक आक्रमण गर्ने गरेका जनाइएको छ । उनीहरुले आफ्नो विद्रोही दस्तामा जबर्जस्ती भर्ती गर्न यसरी बालबालिकालाई अपहरण गर्ने गर्दछन् । नाइजेरियाको उत्तर पूर्वी एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयबाट उनीहरुले ती बालबालिकालाई अपहरण गरी लगेको सुरक्षाकर्मीले जनाएका छन् ।

ती बालबालिकाको खोजीकार्य सुरु भएको छ । उनीहरुको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको यहाँको गृह प्रशासनले जानकारी दिएको छ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा द्वन्द्व शुरु भएको झण्डै नौ वर्षको अवधिमा उनीहरुले १२ सयभन्दा बढी विद्यालयमा आक्रमण पनि गरेका छन् ।

यो अवधिमा बोको हरामको आक्रमणमा परेर दुई हजार २९४ जना शिक्षक मारिएका युनिसेफले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ मा चिबोक भन्ने ठाउँको एउटा विद्यालयबाट २७६ जना बालिका अपहरण गरिएपछि विश्वव्यापीरुपमा त्यसको निन्दा भएको थियो । सरकारले ती बालबालिकाको खोजीका लागि निकै प्रयास ग¥यो तर पनि सबैलाई सकुशल मुक्त गर्न भने सकेन ।

बोको हराम आतङ्ककारी समूहले बालबालिकालाई यसरी अपहरण गरेपछि जबर्जस्ती सेनामा भर्ती गर्ने, यौन शोषण गर्नेजस्ता ज्यादति गर्ने गर्दछन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy