बुटवल, २५ जेठ । रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग गरेको प्रमाणका आधारमा पक्राउ परेका तीविरुद्ध अदालतमा भएको थुनछेकको बहसपछि जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका शाखा अधिकृत गंगाप्रसाद आचार्यले जानकारी दिए ।
प्रहरीले पक्राउ गरेको झण्डै डेढ महिनाको अनुसन्धानपछि केही दिनअघि मात्र पक्राउ परेका तीविरुद्ध अदालतमा मुद्दा पेश भएको थियो । अदालतमा चिरञ्जीवी पौडेलको जाहेरीमा विवेक भनिने सुवास गुरुङ, राम गुरुङ, हरिप्रसाद श्रेष्ठ, लेखनाथ न्यौपाने, तुल्सीराम न्यौपाने, उत्तम आचार्य, सुजु मल्ल र रोशन खड्काविरुद्ध संगठित रुपमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो ।
यस्तै रेनु तिवारी र कृष्ण पौडेलको अलग अलग जाहेरीमा श्रेष्ठ, न्यौपानेद्वय, आचार्य, मल्ल र खड्काविरुद्ध संगठितरुपमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो भने नारायणबाबु बस्नेतको जाहेरीमा संगठित रुपमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । अदालतले उनीहरु सबैलाई मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ को देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको शाखा अधिकृत आचार्यले जानकारी दिए । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: