महेन्द्रनगर, धनुषा, २६ जेठ । धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरमा तीन दिनदेखि जंगली हात्तीले आतंक मच्चाएको छ । गत बुधबार राति जंगलबाट गाउँ पसेका तीन हात्तीले दुई घर भत्काउनुका साथै किसानको बालीनाली समेत नष्ट गरेका छन् । अहिलेसम्म ढल्केवर, एक्लेबर र केवलीपुर गरी तीन टोलमा दुई दर्जनभन्दा बढी घरमा हात्तीले क्षति पु¥याएको छ भने किसानको बालीनालीलाई समेत नष्ट गरेको छ ।
ती हात्तीलाई इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रहरीले पाँच राउण्ड हवाई फायर गरी धपाएर जंगल छिराएको थियो । तर पछि पनि ती हात्ती राति पुनः गाउँमा पसेर आतंक मच्चाएको स्थानीय विष्णु बस्नेतले गुनासो गरे । यद्यपि अहिलेसम्म हात्तीको आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन । हात्तीले रातिराति गाउँ पसेर आतंक मच्चाउन थालेपछि स्थानीयबासिन्दा त्रसित हुँदै सुत्नसमेत छाडेका छन् । रातभर जाग्राम बसेर आआफ्नो जीउधनको सुरक्षा गर्न थालेको स्थानीय जितेन्द्र सिंहले बताउनुभयो । उनीहरुले हात्ती धपाएर शान्ति सुरक्षा कायम गरिदिन प्रशासनसँग गुहार मागेका छन् । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले तीनवटै हात्तीलाई सुरक्षित ठाउँमा पु¥याएर गाउँबासीलाई समेत सुरक्षित पार्ने विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयका प्रतिनिधिसँग छलफल भइरहेको बताए । युवतीको शव फेला यसैबीच, रत्नसागर पोखरीमा शनिबार एक युवतीको शव फेला परेको छ । जनकपुर उपमहानगरपालिका–८ मा पर्ने रत्नसागर पोखरीमा रातो कुर्ता सुरुवाल लगाएकी गहुँ गोरो वर्णकी अन्दाजी २०–२२ वर्षीया युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । युवतीको ८–१० घण्टा पहिले डुबेर ज्यान गएको हुनसक्ने अनुमान गरिएको र पोखरी आसपासका बासिन्दाले समेत शवको पहिचान गर्न नसकेकाले थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: