चितवन । भरतपुर महानगरका प्रमुख रेनु दाहालले गुरुयोजना बनाएर अगाडि नबढे महानगर अवस्था काठमाण्डौँकै जस्तो हुने बताएकी छन् । योगी नरहरिनाथ आश्रम धार्मिक वन व्यवस्थापन समिति , वागेश्वरी देवघाटले आयोजना गरेको वार्षिक कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएकी हुन् ।
गुरुयोजना बिना विकास निर्माणका कार्यहरु अगाडी बढाए काठमाण्डौँ जस्तै कुरुप हुन सक्ने दाहालको भनाई थियो । महानगरको विकास त्यही ढङगबाट अगाडी बढाउछौ ,उनले भनिन्,“त्यसैले आगामी ४ बर्ष भित्र एउटा मास्टर प्लान बनाएर अगाडी बढनुपर्दछ ।”
भरतपुर महानगरपालिकालाई मुखले देशकै नमूना भनिरहेका छौ । तर त्यो व्यवहारमा नभएको दाहालले टिप्पणी गरिन् । तर सडक ,बिजुली जस्ता कार्यहरु निरन्तरताका काम हुन् उनले भने , यी हिजो पनि भईरहेका थिए ,तर हिजो सुस्त थियो भने अहिले क्रम बढेको छ ।
समितिलाई आगामी गर्नुपर्ने विकास निमार्णको कार्यमा गुरुयोजना बनाएर अगाडी बढन मेयर दाहालले सुझाव दिइन् । गत बर्ष समितिलाई गुरुयोजनाको लागि भरतपुर महानगरपालिकाबाट १० लाख प्रदान गरिएको थियो । धार्मिक वन व्यवस्थापन समितिलाई आवश्यकीय सहयोग निरन्तर गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
समितिले योजना तर्जुृमा गोष्ठीमा व्यवस्थापन संचालन र आर्थिक स्रोत व्यवस्थापन ,धार्मिक वनको व्यवस्थापन ,पार्क निर्माण ,रुख कटानको सुरक्षा , प्राकृति चिकित्सालय संचालन , धार्मिक पर्यटन ,वातावरणमैत्री संचालन संरचनाको व्यवस्थापन जीर्णद्धार र प्रयोग गर्ने बारेमा छलफल गरेको छ । कार्यक्रम धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: