Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

जन्मस्थल पुगेर सिस्नेधाराको पानी खाएर फर्किए डा. देवकोटा

काठमाडौँ, २६ जेठ । वरिष्ठ न्यूरोसर्जन प्रा. डा. उपेन्द्र देवकोटालाई आज उनको जन्मस्थल गोरखा आँपपिपलस्थित बाहुनडाँडा लगेर पुनः काठमाडौँ ल्याइएको छ ।

पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहेका डा देवकोटाको इच्छाबमोजिम दिउँसो गोरखा जन्मघर पु-याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि पुनः काठमाडौँ ल्याई बाँसबारीस्थित न्यूरो अस्पतालको सघन कक्षमा राखिएको छ । डा देवकोटालाई हेलिकोप्टरमा सबै मेडिकल उपकरणको व्यवस्था गरेर गोरखा लगिएको थियो । उनीसँगै गोरखा गएका मेडिसिटी अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा सञ्जय कार्कीका अनुसार घर नजिकै हेलिकोप्टर अवतरण गरी विशेष खालको म्याट्रेसमा राखेर ३५ मिनेट बोकेर बाहुनडाँडास्थित घर पु-याइएको थियो । उहाँले भन्नुभयो, “डा देवकोटालाई घरतर्फ लैजाँदै गर्दा आफूले पढेको लुर्इँटेल स्कुल पनि हातको इशाराले देखाएका थिए,  त्यहाँ पुगेपछि उहाँमा छुट्टै खालको खुशी, उत्साह देखिन्थ्यो, चार/पाँचसयको संख्यामा मानिस उहाँलाई हेर्न जम्मा भएका थिए ।” डा देवकोटाले आफूलाई भेट्न आएका बृद्धबृद्धालाई हात दिएर तथा बच्चाको टाउकामा हात राखेर खुसी व्यक्त गर्नुभएको थियो । जन्मस्थान पुगेपछि डा देवकोटाले आफ्नो वरिपरि रहेकालाई हेरेर ‘आइ फिल भेरी ह्याप्पी’ र ‘आइ फिल एमेज्ड’ (म अत्यन्त खुशी छु) भन्दै खुसी व्यक्त गर्नुभएको डा कार्कीले बताए । रासससँग कुरा गर्दै डा कार्कीले भने, “गोरखा जाने इच्छा व्यक्त गर्नुभएको थियो, अस्ति नै गोरखा लाने तयारी गरिएको थियो, तर स्वास्थ्य समस्या देखिएपछि सम्भव भएन, आज राम्रो अवस्था भयो, त्यसैले काठमाडौँबाटै सम्पूर्ण तयारी गरी मेडिकल टिमसहित उहाँको इच्छा अनुसार जन्मघर लगेर ल्यायौँ ।” डा देवकोटालाई लिएर जाँदा दुई हेलिकोप्टर गोरखा गएका थिए । उनीसँग न्यूरो अस्पतालमा उहाँको उपचारमा खटिएका एनेस्थेसियाका चिकित्सक डा मायुस मुनाकर्मी, मेडिसिटी अस्पतालमा कार्यरत एभिएसन तालीम प्राप्त इमरजेन्सी विशेषज्ञ डा कार्की, मेडिसिटीकै प्यारामेडिक्स रमेश न्यौपाने, डा देवकोटाकी श्रीमती मधु दीक्षित, उनका छोरी र एक आफन्त गोरखा गएका थिए। जन्मस्थानमा पुगेर फर्केपछि डा देवकोटामा आत्मबल बढेको महसुस आफूले गरेको बताउँदै डा कार्कीले उनको स्थिति गम्भीर भएपनि आत्मबल भने उच्च रहेको बताए । जन्मघरमा करीब एक घण्टा बसेपछि डा देवकोटालाई पुनः काठमाडौंस्थित न्यूरो अस्पतालको आइसियुमा राखेर उपचारमा निरन्तरता दिइएको छ । उनको स्वास्थ्यस्थितिलाई लिएर शुक्रबार र शनिबार बिहानसम्म विभिन्न अफवाह फैलिएपछि अस्पतालले विज्ञप्ति निकालेर डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको पुष्टि गर्दै हल्लाको पछाडि नलाग्न अनुरोध गरेको थियो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: