काठमाडौँ, २७ जेठ । राजनीतिकर्मी एवं परराष्ट्र मामिलाका जानकारले प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्ने चीन भ्रमण विगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयनमा केन्द्रित गर्न सुझाव दिएका छन् ।
मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धको परिवर्तित आयाम’ विषयको अन्तक्र्रियामा सहभागीले दुई तिहाइ बहुमतको वर्तमान सरकारले निर्धक्क भएर राष्ट्रिय हितमा आफ्ना कुरा राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले नेपाल संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालले चीनसँग गरिएका सम्झौतालाई विश्वासका साथ अघि बढाउनुपर्ने बताए । पूर्वउपप्रधानमन्त्री रावलले चीनसँग पारस्परिक सम्बन्ध विस्तार गरी विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिँदै चीन र भारतबाट नेपाल आउने भनिएका रेलसेवा उपयुक्त कानूनी रुपरेखा तयार गरेर अघि बढाउन सुझाव दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको राष्ट्रिय हित प्रवद्र्धनलाई केन्द्रमा राखेर मुलुकको परराष्ट्र सम्बन्ध अघि बढाउनुुपर्ने बताउँदै प्रधानमन्त्री ओलीलाई अघिल्लो पटक प्रधानमन्त्री हुँदा चीनसँग गरिएका सम्झौता कार्यान्वयन गर्ने ठूलो अवसर प्राप्त भएको छ भने । विगतमा आर्थिक नाकाबन्दीबाट मुलुकलाई निकास दिन तत्कालीन सरकारले चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको कुरा मुलुकका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले मुलुक समृद्धिका लागि उक्त सम्झौता कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए । कार्यक्रममा डा विपीन अधिकारीले ‘नेपाल–चीन व्यापार सम्झौता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विगतमा सम्झौता भएका रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, बूढीगण्डकी जलविद्युत् आयोजना, कृषि, पर्यटनलगायत विषयलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो । राजनीतिक अर्थशास्त्री कल्याण रोकाले ‘चीनको पेटी मार्ग अवधारणाः नेपालको दृष्टिकोणबाट’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै नेपालले बीआरआइमा सामेल हुँदा कानूनी जटिलताहरु पनि आउने विचार राखे । चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्केले नेपाल चीन सम्बन्ध बहुआयामिक भएकाले त्यसलाई विश्वासका आधारमा सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा सांसद छक्कबहादुर लामा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्वसांसद लालबाबु यादव, पत्रकार ध्रुवहरि अधिकारीलगायत नेपाल–चीन सम्बन्धका अध्येताले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा नेपालले उठाउनुपर्ने विषय र चीनबाट लिन सक्ने सहयोगका सम्बन्धमा सुझाव दिएका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: