Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रधानमन्त्री राहत कोषमा ५२ लाख जम्मा

दाङ, भूकम्पपीडितको सहयोगका लागि दाङबाट अहिलेसम्म रु ५२ लाख प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले दिएको जानकारीअनुसार हालसम्म सरकारी तथा निजी क्षेत्रबाट गरी रु ५२ लाख ४८ हजार प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ । विभिन्न संस्था, व्यक्ति र सरकारी कर्मचारीले भूकम्पपीडितलाई आर्थिक सहयोगस्वरुप राहत कोषमा रकम जम्मा गर्ने क्रम चलिरहेको जिल्ला प्रशासन कार्यालयका लेखापाल बालचन्द्र गौतमले जानकारी दिए । उपसचिव र सहसचिवस्तरका सरकारी कर्मचारीले १० दिनको र अन्य कर्मचारीले पाँच दिनको तलब भूकम्पपीडितलाई सहयोग गरेको उनले बताए । यसैबीच नागरिक समाज दाङले पनि भूकम्पपीडित सहयोगार्थ ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । समाजका संयोजक टीकाराम रेग्मी र सचिव चन्द्रराज पन्तले प्रमुख जिल्ला अधिकारी पौडेललाई सो सहयोग दिएका हुन् । त्यस्तै जनताको तटवन्ध कार्यालयले रु ३० जार ६३३, रोजगार सूचना केन्द्र दाङले आठ हजार २५१ रुपैयाँ ६७ पैसा र व्यावसायिक सीप विकास तालिम केन्द्र तुलसीपुरबाट ४७ हजार ३०१ रुपैयाँ ६७ पैसा जम्मा गरेको गौतमले जानकारी दिएका छन् । यस्तै जिल्लाका विभिन्न व्यक्ति र संस्थाले प्रभावित विभिन्न जिल्लामा पुगेर आफैँ राहत वितरण गर्ने प्रक्रिया पनि जारी रहेको प्रशासनले जनाएको छ । अहिलेसम्म दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ, त्यस्तै गढवा, राप्ती, देउखुरी, नारायणपुर र तुलसीपुर उद्योग वाणिज्य सङ्घले पनि भूकम्प प्रभावित जिल्लामा पुगेर खाद्यान्न र त्रिपाल बाँडेको छ । यस्तै राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समिति, सोनापुर सिमेन्ट उद्योग, माँ भद्रकाली युवा क्लब तुलसीपुर, गोर्खा गु्रप, घोराहीका युवा व्यवसायीहरु, मध्यपश्चिमका चर्चहरु, मुक्त कमलरी विकास मञ्च, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था सिसहनियाले पनि विभिन्न राहत सामग्री प्रभावित क्षेत्रमै पुगेर वितरण गरेका छन् । उनीहरुले सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, गोरखा, नुवाकोटलगायतका जिल्ला उक्त राहत सामग्री जिल्ला प्रशासन कार्यालयको अनुमति तथा समन्वयमा वितरण गरेको प्रशासनका लेखापाल गौतमले जानकारी दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy