Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

अक्सफामलाई काम गर्न प्रतिबन्ध

हेइटीले सन् २०१० को भूकम्पपछि कर्मचारी यौन दुर्व्यवहारमा संलग्न रहेको आरोप खेपिरहेको अक्सफाम नामक परोपकारी संस्थालाई आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाइदिएको छ ।

हेइटीको सरकारले भनेको छ, अक्सफामले उसको देशको कानुन मिचेको छ र मानिसहरूको आत्मसम्मानको सिद्धान्तमाथि गम्भीर रूपमा प्रहार गरेको छ । ‌अक्सफामले एउटा विज्ञप्ती जारी गर्दै हेइटीका नागरिकहरूसँग माफी मागेको छ र केही पूर्व कर्मचारीका व्यवहार अस्वीकार्य भएको दोहोर्‍याएको छ । अघिल्लो वर्ष ती आरोप सतहमा आएपछि ब्रिटेनमा अक्सफाममाथिको निगरानी थप कडा पारिएको छ । हेइटी सरकारले गएको फेब्रुअरीमा नै अक्सफामविरुद्ध अस्थायी प्रतिबन्ध लगाएको थियो । पछिल्लो निर्णयलाई अक्सफामले आफूले बुझेको र आफ्ना केही कर्मचारीको काम पूर्ण रुपमा अस्वीकार्य रहेको दोहोर्‍याएको छ । अक्सफामले आफ्ना इटली, स्पेन र कुवेतमा रहेका कार्यालयमार्फत् हेइटीको काम गरिरहने पनि उल्लेख गरेको छ। सन् १९७८ देखि अक्सफाम हेइटीमा कार्यरत छ र सन् २०१० को भूकम्पपछि उसले त्यहाँ आफ्ना गतिविधि बढाएको थियो । तर यसै बर्षको फेब्रुअरीमा अस्थायी प्रतिबन्धपछि अक्सफामका कर्मचारीहरू हेइटीमा छैनन् । यौन दुर्व्यवहारका आरोपबारेका विवरण सबैभन्दा पहिला द दाइम्स पत्रिकाले बाहिर ल्याएको थियो जसमा एक जना पूर्व प्रमुखले हेइटीमा रहँदा देह व्यापारमा संलग्न महिलाहरूसँग सम्बन्ध राखेको भनिएको थियो । चार जना कमर्चारीलाई गम्भीर गल्ती गरेको भन्दै बर्खास्त गरिएको थियो भने पूर्व प्रमुख रोलान्ट भ्यान होवरमायरनलाई उक्त परोपकारी संस्था छाड्न दिइएको थियो । होवरमायरनले गल्ती गरेको स्वीकार गरेका छन् तर रकम तिरेर यौन सम्बन्ध नराखेको उल्लेख गरेका छन्। फेब्रुअरीमा अक्सफामले हेइटीसँग माफी मागेको थियो । तर यो विवाद बाहिर आएपछि हजारौं मानिसहरूले उक्त संस्थालाई चन्दा दिन बन्द गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy