Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

शैक्षिक प्रमाणपत्र धितोमा ऋण प्रदान दिने कार्यविधि विद्यार्थीकाे बनाउन माग

काठमाडौँ, ३१ जेठ। दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको धितोमा ऋण प्रदान गर्न कार्यविधि बनाउन सरकारसँग माग गरेका छन् ।

क्रान्तिकारीको कार्यालय बागबजारमा आज बसेको दुई संगठनको बैठकले विद्यार्थीलाई बजेटमार्फत सरकारले शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने योजनाको स्वागत गर्दै कार्यविधि बनाई ऋण प्रदान गर्न अर्थ मन्त्रालयसँग माग गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । बैठकले विद्यार्थीलाई बजेटमार्फत ऋणमा व्यवस्था गरिएको ५ प्रतिशत व्याजको विद्यमान प्रावधान खारेज गरी विनाव्याज शैक्षिक ऋण उपलब्ध गराउन माग गरेको छ ।

बैठकले सरकार र नेपाल आयल निगमलाई हालै गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न तथा पेट्रोलियम पदार्थमा तोकिएको करको दर घटाउन र निगमको अनावश्यक फजुल खर्च र चुहावट रोक्न समेत माग गरेको छ । विगतमा रातो र नीलो गरी दुई खालका सिलिन्डर बनाई रातो सिलिन्डरलाई सहुलियतपूर्ण दरमा वितरण गर्ने विद्यार्थी संगठनसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने समेत माग बैठकले गरेका छ ।

शिक्षामा छुट्याइएको बजेट अपर्याप्त रहेकाले २० प्रतिशत बजेट छुट्याउन पुनरवलोकन हुनुपर्ने, ‘संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका–२०७२’ कार्यान्वयन गर्न र बढाइएको शुल्क फिर्ता गर्न विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने, मुलुकलाई अनावश्यक आर्थिक भार पर्ने गरी भूतपूर्व विशिष्ट श्रेणीका पदाधिकारीलाई सुविधा दिन अघि बढाइएको प्रक्रिया रोक्नुपर्ने, समयमा काम सम्पन्न नगर्ने ठेकेदार तथा महँगी, कृत्रिम अभाव र कालोबजारी गर्ने व्यापारीलाई कारवाही गर्नुपर्ने माग पनि गरिएको छ । बैठकले कानुन संकायअन्तर्गत नेपाल ल क्याम्पसमा देखिएको भर्ना समस्या समाधान गर्न अघिल्लो शैक्षिकसत्रकै संख्या बराबरका विद्यार्थीको भर्ना सुनिश्चित हुने गरी भर्ना प्रक्रिया अगाडि बढाउन समेत माग गरेको छ । बैठकमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, महासचिव ऐन महर, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङलगायतको सहभागिता थियो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy