Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

ट्रम्प फाउन्डेशनविरुद्ध अभियोग

अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा परोपकारी संस्थाले एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ ।

न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनाल्ड ट्रम्पको तर्फबाट \"लगभग चेकबुकको जस्तै काम गरेर\" विभिन्न व्यवसाय र गैरसरकारी संस्थाहरूलाई कानुनको बेवास्ता गर्दै जथाभाबी रकम तिरेको आरोप लगाएकी छन् । उनले तयार पारेको अभियोगपत्रमा विगत एक दशकदेखि ट्रम्प फाउन्डेसनले त्यस्तै शैलीमा काम गरेको उल्लेख गरिएको छ । ट्रम्प फाउन्डेशनले चाहिँ एक विज्ञप्ति जारी गर्दै ती आरोपहरू अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले उनकै शब्दमा न्यूयोर्कका \"फोहोरी डिमोक्र्याटहरूले\" त्यो मुद्दा अघि सारेको आरोप लगाएका छन् । एन्थोनी जर्चर भन्छन्, \"न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले डोनाल्ड ट्रम्प र उनको व्यापारिक साम्राज्य विरुद्ध जारी फौजदारी अनुसन्धानमा एउटा नयाँ मोर्चा खुला गरिदिएकी छन् ।\" ट्रम्प फाउन्डेसनसँग सम्बन्धित अनियमितताका आरोप सन् २०१६ को राष्ट्रपति चुनावमा पनि बाहिर आएका थिए तर त्यसलाई राष्ट्रपति ट्रम्पको सुरूवाती कार्यकालले छायाँमा पारिदियो । तर अब त्यो अवस्था बदलिन लागेको जस्तो देखिन्छ । राष्ट्रपति ट्रम्पदेखि उनी मताहतका सरकारी अधिकारीहरूले यसलाई पनि अर्को राजनीतिक रुपमा पूर्वाग्रहि अनुसन्धान भनेर टिप्पणी गर्न सक्छन् । आफूसँगको सैद्धान्तिक विरोधलाई \"नयाँ षडयन्त्रको पुरानै रूप\" भन्दै खेट्ने प्रयास भन्दै उनीहरूले टिप्पणी गर्न सक्छन् । तर न्यूयोर्ककी महान्यायधिवक्ता अन्डरवुडसँग उल्लेख्य अनुसन्धान र कारबाही गर्ने शक्ति छ । यदि उनले ट्रम्पको धेरै प्रश्न उठेका परोपकारी गतिविधिहरूबारे जाँच गर्न थालिन भने उनले के के बाहिर ल्याउनसक्लिन त्यो भन्न सकिदैँन । ट्रम्पको विश्वले न्यूयोर्कका पूर्व महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानलाई गरेको अपमानजनक व्यवहार अलिक आलोकाँचो नै देखिन्छ । अन्डरवुडले चाहिँ आफ्ना पूर्ववर्तीजस्तै खरो रूपमा ट्रम्पविरोधी धारणाहरू नराख्लिन तर महत्तव राख्ने ठाउँ अर्थात अदालतको इजलास कक्षमा भने उनी उत्तिकै वा अझ बढी आक्रामक छिन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy