Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

चीनले सीमा जाेडिएका यी जिल्लामा नमूना विद्यालय बनाइदिने

प्रकाश सिलवाल । काठमाडौँ, ७ असार । छिमेकी मुलुक चीनले छात्रावाससहित रसुवा, सिन्धुपाल्चोक र दोलखामा थप तीन नमूना सामुदायिक विद्यालय निर्माण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक भ्रमणका क्रममा आज बेइजिङमा भएको द्विपक्षीय वार्तामा ती विद्यालय बनाउनेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भयो । चीनले गोरखा भूकम्पअघि १० र भू्कम्पपछि सात सामुदायिक विद्यालय निर्माण गरी हस्तान्तरण गर्न यसअघि सम्झौता भई काम गरिरहेको छ । 

नयाँ सहमतिअनुसार चीनले सार्वजनिक विद्यालय पुनःनिर्माण परियोजनाअन्तर्गत प्राविधिक टोलीमार्फत आफँै ती सुविधासम्पन्न विद्यालय बनाउनेछ । त्यसको लागतबारे चीन सरकारले आफैँ मूल्याङ्कन गर्नेछ । अर्थ मन्त्रालयका सचिव राजन खनाल र चीनको अन्तर्राष्ट्रिय सहयोग नियोग निकायका उपाध्यक्ष झाउ लिउवगनबीच आज पत्र आदानप्रदान भयो । यसका लागि चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गरिसकेको छ । थप निर्माण हुनेमध्ये दोलखाको जिरी मावि रहेको तर सिन्धुपाल्चोक र रसुवाको विद्यालयका नाम तय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । चीनले निर्माण गर्ने विद्यालयका लागि सरकारले जग्गा उपलब्ध गराउनेछ भने अन्य सबै स्रोत सामग्री चीनले व्यहोर्नेछ । चीनले सम्बन्धित विद्यालयको विद्यार्थी संख्याका आधारमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला र छात्रावास निर्माण गरी साँचो हस्तान्तरण गर्नेछ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, शिक्षा कार्यान्वयन केन्द्रीय एकाइका प्रमुख इमनारायण श्रेष्ठले भूकम्पअघि हिमाली विद्यालय कार्यक्रमअन्तर्गत १० सामुदायिक विद्यालय बनाउने क्रम जारी छ । भूकम्पले क्षतिग्रस्त काठमाडौँको भानु माविलगायत सात विद्यालय बनाउने जिम्मा पनि चीनले लिए पनि हालसम्म कुनै पनि विद्यालय निर्माण भई हस्तान्तरण भएको छैन । भानु मावि निर्माणका लागि काठमाडौँ महानगरपालिकासँगको जग्गा विवाद सल्टिएपछि अब निर्माण प्रक्रिया अघि बढाउने तयारी छ । प्रमुख श्रेष्ठका अनुसार मावि बनाउन करीब रु ७० करोड लाग्ने अनुमान गरिएको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनका पालामा नेपालमा १० सामुदायिक नमूना विद्यालय चीनले बनाउने प्रस्ताव अघि बढेको थियो भने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गत साता चीनमा आयोजित शैक्षिक सम्मेलनमा सहभागिताका क्रममा भएको भेटवार्तामा द्विपक्षीय शैक्षिक सहकार्यबारे छलफल भएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: