Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सीप सिके युवा विदेशिनु पर्दैन

चितवन । आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् । दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्कनुभएका पश्चिम चितवनको पार्वतीपुर निवासी ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार हुनुका साथै आठ जनालाई रोजगारी पनि दिएको छ । विदेशको तापमा भन्दा नेपालमानै सीप सिकेर केही गरौँ भन्ने उद्देश्यका साथ फर्कनुभएका उहाँले कपाल काट्ने तालीम लिए । सिग्देलले भन्नुभयो “साधारण तालीम यही लिएँ र डिप्लोमा स्तरको तालीम काठमाडौँमा लिएँ ।” त्यसपछि चितवन फर्किएर आफ्नो व्यवसाय शुरु गरे । भरतपुरको चौबिसकोठीमा कोठा भाडामा लिएर पपुलर युनिसेक्स सैलुन उनले शुरु गरे । नेपाल फर्किएपछि तालीम लिनु अघि सिग्देलको एक युवतीसँग प्रेम सम्बन्ध रह्यो र उनलाई पनि ब्यूर्टिपार्लरसम्बन्धी तालीम लिन लगाए । पसल खोलेसँगै सिग्देलले बिहे गरे । उनले पुरुषको कपाल काट्नु भयो भने श्रीमती सुस्मिता चालिसेले सँगै महिलाको पार्लरसम्बन्धी काम गरे । झण्डै तीन लाख लगानी गरेको सैलुनले एकै महिनामा रु एक लाखसम्म बचाउन थाल्यो । पाँच वर्षपछि अहिले उनले नजिकै ठूलो कोठा लिएर उच्चस्तरको सजावटसहितको वातावरण अनुकूलित सैलुन शुरु गरेको छ । सिग्देलले खुशी हुँदै भने “सजावटमा मात्र रु २० लाख खर्च गरेको छु ।” उनको शैलुनमा महिला पुरुष दुवैको कपाल काट्ने, फेसियल गर्ने, स्टेट पार्ने, मिनी कियर, पेडी कियर, आयल मसाज, डेढलक, हेयर कलर, दाह्री फाल्ने, बेहुला बेहुलीको मेकपजस्ता काम हुने गर्दछन् । एउटै कामबाट रु ३५ हजारसम्म बुझ्ने गरेको भन्दै उहाँले रु १०० को दाह्री काट्नेदेखि रु ३५ हजारको डेढलक गर्नेसम्मका काम गरेको बताए । सँगै डिप्लोमा स्तरको तीन महिने र छ महिने तालीम पनि शुरु गरेको सिग्देलले बताए । तीन महिने तालीमलाई रु २० हजार र छ महिने तालीमलाई रु ३० हजार लिने गरेको उनको भनाइ छ । व्यवसाय शुरु गरेसँगै आफन्तलाई सीप सिकाउने र काम लगाउने गर्न थालेको सिग्देलले बताउनुभयो । उनले भने “आठ जनाले रोजगारी पाएका छन् । उनीहरू भाइबहिनी साली, भान्जीलगायतका रहेका छन् ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending