Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

प्रदीप पौडेलले ५ सय अस्थायी घर बनाइदिने

काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले भूकम्पका कारण बसोबास गुमाएका ५ सय परिवारका लागि अस्थायी घर निर्माण गरिदिने घोषणा गरेका छन् । पौडेलले आफ्नो नेतृत्वमा भूकम्प प्रभावित जिल्लाहरुमा १५ सयभन्दा बढी युवाहरु परिचालन गरी ५सय घर टहरा निर्माण गर्ने घोषणा गरेका हुन् । ‘नेपाली कांग्रेसले श्रमदान गर्ने निर्णय गरेअनुसार हामी आफैले आवश्यक निर्माण सामाग्रीको जोहो गरेर विभिन्न प्रभावित गाउँहरुमा ५ सय घर टहरा निर्माण गर्नेछौं ’, पौडेलले भने । अभियानका लागि नेपाली कांग्रेसमा आबद्ध १ हजार ५ सय बढी युवा परिचालन गरिने र त्यसमा १ सय युवा ईन्जिनियरहरु पनि सहभागि हुने पौडेलले जानकारी दिए । अभियानको पहिलो चरणमा गोरखाको पालुङटारस्थित माल्ती गैरा गाउँमा ३५ अस्थायी घर निर्माणका लागि पौडेलको नेतृत्वमा १ सय युवा स्वंयसेवक सोमबार नै गोरखातर्फ प्रस्थान गरेका छन् । पिडितलाई सहयोग गर्ने सन्दर्भमा सरकारको मात्रै मुख ताक्नु नहुने भन्दै ५ सय घर निर्माणका लागि आफूले अग्रसरता लिएको उनले बताए । ‘हामी युवाहरु क्रियाशील भयौं भने अस्थायी घर बनाउने काम केही दिनमै सकिन्छ । त्यसैले म आफैले यो अभियानको सुरुवात गरेको हुँ । यसमा धेरै युवा साथीहरुको साथ रहनेछ’, पौडेलले पत्रकार सम्मेलनमा भने । अस्थायी घर निर्माणका लागि आवश्यक पर्ने जस्तापाता, काँटी, तार, बाँस लगायतका सामाग्री विभिन्न दाताहरुसंग सहयोग स्वरुप माग गरिएको उनले जानकारी दिए । अभियान अन्तर्गत निर्माण हुने घर एघार फिट चौडा र १६ फिट लम्बाईको हुनेछ । २ कोठे अस्थायी घरमा ५ जनासम्मको परिवार सहजै बस्न सक्नेछन् । वर्षायामसम्मका लागि पिडितलाई तत्काल अस्थायी घरको आवश्यकता भएकोले अभियान थालिएको पौडेलको भनाई छ । उनले भूकम्पका कारण बसोबास गुमेका परिवारका लागि १ वर्षभित्र सरकारले स्थायी भूकम्प प्रतिरोधी घरको व्यवस्था गर्नुपर्ने मागसमेत राखे । गोरखाको पालुङटारस्थित माल्ती गैरामा पहिलो चरणमा घर निर्माण गर्न युवा उद्यमी अनिलराज आचार्यले प्रति घर एक बण्डल जस्ता उपलब्ध गराएका छन् । गोरखाका पछि रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धादिङसहितका प्रभावित जिल्लाको कुनै एक गाउँमा पुगेर अस्थायी घर निर्माण गरिने पौडेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: