Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

पर्व एवं संक्रान्ति पात्रोमा राख्न माग

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ । वर्षको छोटो दिन मंसिर पूर्णिमा, लामो दिन जेठ पूर्णिमा, दिन र रात बराबर हुने फागुन र भदौ पूर्णिमा, यससँग सम्बन्धित फागुन र असार संक्रान्ति विसं २०७६ को पञ्चाङ्गमा उल्लेख गर्न माग गरिएको हो । पर्व समय सुधार राष्ट्रिय समाज नेपालले नेपाल पञ्चाङ्ग निर्णायक समितिसँग यस्तो माग गर्ने निर्णय गरिएको होे ।

आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिषका सहप्राध्यापक जयन्त आचार्यले पात्रोमा चार वटा विन्दुलाई विशेष नाम दिइएको बताए। “दिन र रात बराबर हुने दिन वर्षमा दुईपटक वैशाख १ र कातिक १, सबैभन्दा लामो दिन साउन १, सबैभन्दा छोटो दिन माघ १ गतेको चार वटा विन्दु हाम्रो संस्कृतिअनुसार महत्वपूर्ण दिन हुन्, यी चार विन्दुका वरपर हाम्रा चाड पर्व घुम्छन्, यसका लागि यी विन्दु सही ठाउँमा हुनुपर्छ, अहिले यो क्रम बिग्रिएको छ”–उनले भने । प्राचीनकालमा यो विन्दु ठीक भए पनि हाल दिनरात बराबर हुने दिन चैत ७ र असोज ७ गते परेको कार्यपत्रमा उल्लेख छ । यसैगरी दक्षिणायन विन्दु साउन १ नभै असार ७ र उत्तरायण विन्दु माघ १ नभै पुस ७ मा सरेको ज्योतिष गणितबाट स्पष्ट हुने सहप्राध्यापक आचार्यको भनाइ छ । कार्यक्रमको निर्णय सुनाउँदै नेपाल प्रज्ञा–प्रतिष्ठान दर्शन विभागका प्रमुख प्राज्ञ दीनेशराज पन्तले पात्रोमा भएका शास्त्रविरुद्धका विषय परिमार्जन गर्दै जानुपर्ने बताए । पञ्चाङ्ग निर्णायक समितिको सदस्य समेत रहनुभएका उनले सुधारका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाए । कार्यपत्रमाथि समितिकै सदस्य कीर्तिमदन जोशीले टिप्पणी गर्दै पात्रो सुधारका लागि सबैको सहयोग आवश्यक भएको सुनाए । कार्यक्रममा इन्जिनियर हरिनारायण मल्ल, समाजका अध्यक्ष महेश्वर जुजु राजोपाध्या, महासचिव कनकविक्रमध्वज जोशी, डा उत्तम कर्माचार्य, नेपाल विश्व हिन्दू महासंघका अध्यक्ष केदारनाथ दाहालले समय एवं पर्व सुधारका लागि छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । विसं २०६४ देखि नै पर्व सुधारको विषय उठे पनि टुंगोमा पुग्न सकेको छैन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: