Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

आगामी पाँच वर्षभित्र ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता उपलब्ध गराइने

काठमाडौँ, १२ असार ।  सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापाले सो मन्त्रालयमाथि सांसदहरुले उठाएकाे भएको प्रश्नको जवाफ दिँदै सडक बालबालिको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिइएको बताइन् ।

ज्येष्ठ नागरिकको संरक्षणका लागि ज्येष्ठ नागरिक ऐनको परिमार्जन प्रक्रिया अगाडि बढाइएको बताउँदै उनले हरेक प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्ने, बीमा तथा समाजिक सुरक्षालगायत अन्य विषयमा सरकारले ध्यान दिइएको र यस सम्बन्धमा आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी दिइन् ।

मन्त्री थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरकारले विशेष कार्यक्रम लागू गरेको तथा मुलुकका विभिन्न दश जिल्लामा पुनःस्थापना केन्द्र निर्माणको काम शुरु भएको बताइन् ।

श्रम तथा समाजिक सुरक्षा मन्त्रालयको समन्वयमा वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र बेचबिखन नियन्त्रणका लागि प्रयास भइरहेको बताउँदै उनले सरकारले आगामी आवमा मानव बेचबिखन तथा जोखिम नियन्त्रणका लागि विशेष कार्यक्रम शुरु गर्न लागेको जानकारी दिइन् ।

मन्त्री थापाले महिलालाई रोजगारी तथा समाजिक सुरक्षाका लागि कार्यक्रम अगाडि सारिएको र संविधानप्रदत्त समानुपातिक तथा समावेशी कानूनको प्रबन्ध गरिन लागेको बताइन् ।

सामाजिक कुरुतीका रुपमा रहेको छाउपडी प्रथा नियन्त्रणका लागि विशेष अभियान शुरु गरिएको उल्लेख गर्दै उनले महिला हिंसा नियन्त्रणका लागि प्रभावकारी अभियान शुरु गरिएको तथा विकृति, विसंगति नियन्त्रणका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको स्पष्ट पारिन् ।

मन्त्री थापाले अपांगता भएका व्यक्तिको अधिकारका लागि पनि सरकारले ऐन तथा नियमावली निर्माणमा जोड दिएको उल्लेख गर्दै उनीहरुका लागि सहायक सामग्री उत्पादन र सहज आवागमनका लागि अपांगमैत्री भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको बताइन् ।

मुलकमा ४८ हजार बढी गैरसरकारी संस्था र २५० अन्तर्राष्ट्रिय संघ संस्थालाई व्यवस्थापनका लागि गैरसरकारी ऐन प्रतिस्थापनको प्रक्रिया अगाडि बढाइएको तथा त्यस्ता संघ संस्थालाई सरकारको योजना र प्राथमिकताका क्षेत्रमा लगानी तथा खर्च गर्ने व्यवस्था गराउन गृह मन्त्रालयको समन्वयमा काम भइरहेको जानकारी पनि उनले दिइन् ।

विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयको छलफल बुधबार पनि जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक असार १३ गते बिहान ११ बजे बस्नेछ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending