Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

स्टार खेलाडीका यस्तो छ खुसी मनाउने शैलीको रहस्य

काठमाडाैं । रसिया विश्वकपको समूह चरणका खेल सकिने चरणमा छन् । समूह एचको अन्तिम खेलसँगै समूह चरणका ३२ खेल समाप्त हुनेछन् । अनि सुरु हुनेछ, नकआउट चरणको रोमाञ्चकता । खेलमा गोलपछि खेलाडी रमाउने र गोल खाएका विपक्षी निराश हुनु खेलको एक हिस्सा नै हो । पछिल्लो विश्वकपमा खेलाडीले गोल गरेपछि आफूलाई अन्तर्राष्ट्रिय मिडियासामु तान्न फरक रूपले खुसी मनाइरहेका छन् । नाम चलेका खेलाडीले पनि यस्तै गरिरहेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-उनीहरूको खुसी मनाउने शैलीको पछाडि अनेक रहस्य लुकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । श्रीमती गर्भवती भएकोदेखि राजनीतिक सन्देश दिने उद्देश्यका साथ खेलाडीले मैदानमा खुसी मनाएका छन् । भिडियो गेमबाट प्रभावित जेसी लिंगार्ड (इंग्ल्यान्ड) इंग्ल्यान्डले विश्वकप इतिहासमै पानामामाथि ६–१ को सानदार जित निकाल्यो । इंग्ल्यान्डले विश्वकपमा विपक्षीलाई ६ गोलअन्तरले हराएको यो पहिलोपटक हो । एकपक्षीय खेलमा कप्तान ह्यारी केनले ह्याट्रिक नै गरे । खेलमा लिंगार्डको नाममा एक गोल पनि रह्यो । लिंगार्डले गोल गरेपछि आफ्नै ट्रेडमार्क शैलीमा खुसी मनाए । लिंगार्डको शैलीलाई ‘जेलिंग्ज’ भनिछ । कर्नर क्षेत्रमा दुईवटै चोर आँैला उठाएर उनले खुसी मात्र मनाएनन्, डान्स पनि गरे । यो शैली उनले भिडियो गेम ‘फन्टनाइन’बाट सिकेका हुन् । अमेरिकी -यापर ब्लोकब्वाई जेबी यस्तै शैलीमा स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिन्छन् । लिंगार्ड फन्टनाइन भिडियो गेम र ¥यापर जेबीलाई पछ्याइरहेका छन् । विश्वकपमा करिअरकै पहिलो गोल ठोक्दा उनले आफू केबाट प्रभावित भएको हो भन्ने सन्देश दिनकै लागि चोर औँला उठाएर खुसी मनाएका हुन् । जर्मनीले माफी माग्यो समूहको दोस्रो चरणको इन्जुरी समयमा जर्मनीले स्विडेनविरुद्ध सनसनीपूर्ण गोल गर्दै २–१ को नतिजा निकाल्यो । लगभग बराबरीको अवस्थामा पुगेको खेलमा नाटकीय नतिजा निस्किँदा जर्मन खेलाडीले स्विडिस खेलाडीलाई जिस्काउने गरी खुसी मनाए । जर्मन खेलाडीले स्विडेनका अधिकारी बसेकै स्थानमा गएर खुसी मनाएका थिए । स्विडेनका अधिकारीले यसलाई नराम्रो माने । यस घटनापछि जर्मन फुटबल संघले खेलाडीबाट गल्ती भएको भन्दै आउँदा दिनमा यस्तो नहुने भनेर स्विडेन फुटबल टिमसँग माफी नै माग्यो । श्रीमती गर्भवती देखाउन लुइस सुआरेज (उरुग्वे) सन् २००६ देखि उरुग्वेको राष्ट्रिय टिममा रहेका लुइस सुआरेज यसपटक उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उरुग्वेले तीनै खेल जित्दा सुआरेजको योगदान सम्झिनलायक रहेका छन् । तुलनात्मक रूपमा साउदी अरेबिया कमजोर भए पनि उरुग्वे १–० ले मात्र विजयी भयो । तर सेलेब्रेसनमा कुनै कमी थिएन । सुआरेजले नै एक मात्र गोल गरे । गोल पोस्टभित्र छिराएको बल सुआरेज आफँैले लिए । त्यसपछि उनले बल जर्सीभित्र लुकाएर चुम्बन गरे । सुआरेजले एक गर्भवती महिलाको पेटमा चुम्बन गरिरहेको जस्तो देखिन्थ्यो । वास्तवमा उनले आफ्नो श्रीमती गभर्वती भएको सन्देश दिन र पेटमा रहेको बच्चालाई माया गरेको भाव देखाउन यस्तो कार्य गरेका हुन् । ‘अहिले श्रीमती गर्भवती छिन्, उसको पेटमा मेरो तेस्रो बच्चा हुर्किरहेको छ, आमा र बच्चालाई माया गर्न नै मैले यस्तो गरेको हुँ,’ मिडियाको प्रश्नमा सुआरेजले सेलेब्रेसनको रहस्य खोले । लक्की दाह्री राख्ने वचन क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि ट्रेडमार्क शैलीमै खुसी मनाउने गर्छन् । अक्सर गोल गर्दा रोनाल्डो कर्नरकै छेउमा उफ्रिँदै हावामै दुवै हात क्रस गर्छन् । तर, चालु विश्वकपमा यसपटक रोनाल्डोले खुसी मनाउने शैलीलाई परिवर्तन गरेका छन् । प्रतियोगितामा चार गोल गरेका रोनाल्डोले मोरक्कोविरुद्ध निर्णायक गोल गरेका थिए । त्यसपछि उनको सेलेब्रेसन नौलो रह्यो । उनले दायाँ हात चिउँडोमा राखी केही सेकेन्ड सलबलाए । यो शैली उनका समर्थक र साथीलाई नौलो रह्यो । रोनाल्डोले विश्वकपको पहिलो खेलमै गोल गर्दा दाह्री नकाट्ने साथीहरूलाई नै वचन दिएका रहेछन् । स्पेनसँगको खेलअघि दाह्री काट्ने क्रममा उनको चिउँडोमा हल्का रौँ बाँकी रहयो । रोनाल्डोले सेभिङ गरिरहँदा रिकार्डो क्वारससँगै थिए । रोनाल्डोले क्वारसलाई भने, ‘यदि पहिलो खेलमै गोल गर्न सफल भएँ भने म दाह्री अन्त्यसम्म राख्छु ।’ भाइबाट प्रेरित केलियन म्बाप्पे (फ्रान्स) फ्रान्सले पेरुमाथ १–० को जित निकाल्दा केलियन म्बाप्पेले एक मात्र गोल गरेका थिए । विश्वकपजस्तो प्रतियोगितामा गोल गर्न सफल भएपछि म्बाप्पे डिबक्स साइडमै चुपचाप बसे । मुखबाट केही शब्द ननिकाली उनले दुवै हात काखीमा च्यापे । सामान्य रूपमा गोलको सेलेब्रेसन गरेका म्बाप्पेले यस्तो शैली भाइबाट सिकेको बताएका छन् । १२ वर्षका भाइ प्लेस्टेसनले खेलमा गोल गर्दा यस्तै गर्छन् । म्बाप्पे र प्लेस्टेसनबीच फ्रि समयमा फुटबल म्याच भइरहन्छ । भाइ जित्दाको खुसी मनाउने शैली आफूलाई मन परेको म्बाप्पेले बताए । विश्वकपमा गोल गर्दा भाइकै शैलीलाई पछ्याएको उनको भनाइ छ । डबल इगलको विवाद सर्बियाविरुद्ध स्विट्जरल्यान्डले गोल गर्दा कप्तान स्टिफ, ग्रेनिट साका र जेदान सकारीले दुवै हात क्रस गरी खुसी मनाएका थिए । स्विट्जरल्यान्डमा राजनीतिकर्मीले विपक्षीलाई विरोध जनाउँदा मात्र दुवै हात क्रस गर्छन् । फुटबल मैदानमा खेलाडीले राजनीतिक शैली नक्कल गरेको भन्दै फिफाले अनुसन्धान गरिरहेको छ । विश्वकपमा राजनीतिक भावना बोकेको प्रमाणित भएमा यी तीनै खेलाडीलाई फिफाले कारबाही गर्न सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies