Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

आजको खेलमा जो चम्किन सक्छन्ः सर्बियाको डिफेन्स तोड्न नेयमारले सक्लान् ?

नेमार जुनियर ब्राजिल, स्ट्राइकर समूहको अन्तिम खेलमा पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले प्रतिस्पर्धा गरिरहँदा स्ट्राइकर नेमार जुनियरतर्फ सबैको ध्यान केन्द्रित रहन सक्छ । पछिल्लो दुई खेलमा गोल गरेका नेमारले अझै आफूलाई शतप्रतिशत फर्ममा पाइसकेका छैनन् । प्रशिक्षक टिटेले उनलाई आराम चाहिएको बताएका थिए । चार दिनको विश्रामपछि नेमार फिट भएका छन् । युरोपियन प्रतिद्वन्द्वी सर्बियाको डिफेन्स तोड्न उनी तयार भइसकेका छन् । नेमारलाई हल्का स्पेस दिँदा गोल गर्न सक्छन् । सर्बियाले नेमारलाई यस्तो मौका नदिने योजना बनाएको हुनुपर्छ । सात वर्षदेखि राष्ट्रिय टिममा रहेका नेमारले ८७ खेलमा ५६ गोल गरेका छन् । मारयो गोमेज जर्मनी, स्ट्राइकर स्विडेनसँगको खेलमा गोमेजले पहिलो स्थान पाएनन् । प्रशिक्षक जोचिम लोले उनलाई दोस्रो रोजाइमा राखे । तर, जब उनी मैदानभित्र प्रवेश गरे, त्यसपछि जर्मनीको खेल परिवर्तन भयो । अन्तिम इन्जुरी समयमा जर्मनीलाई २–१ को सनसनीपूर्ण जित दिलाउँदा गोमेजको मुख्य भूमिका रह्यो । मिडफिल्ड र एट्याकिङ स्ट्राइकरमा जम्न सक्ने गोमेजले सम्भवत दक्षिण कोरियाविरुद्ध पहिलो स्थान नै पाउन सक्छन् । प्रतियोगिताबाट बाहिरिइसकेको दक्षिण कोरियाविरुद्ध गोमेज प्रभावकारी हुन सक्छन् । २००७ देखि जर्मनी टिममा रहेका गोमेजले ७७ खेलमा ३१ अन्तर्राष्ट्रिय गोल गरेका छन् । हिर्भिन लाजानो मेक्सिको, स्ट्राइकर जर्मनीविरुद्ध सनसनीपूर्ण गोलसँगै मेक्सिकोका स्ट्राइकर हिर्भिन रातारात स्टार खेलाडी बनेका छन् । युरोपका ठूला क्लबले उनीमाथि नजर राखिसकेका छन् । स्विडेनविरुद्धको खेलमा स्ट्राइकर हिर्भिनले आप्mनो खेल स्तर खस्काएका छैनन् । प्रत्येक खेलमा आफूलाई मेक्सिकोका स्टार स्ट्राइकरका रूपमा परिचित गराउने प्रयासमा छन्, उनी । काउन्टर एट्याक्टमा बलमाथि नियन्त्रण नै उनको विशेष खुबी हो । स्विडेनको कडा डिफेन्स तोड्न उनले काउन्टर एट्याक्टलाई प्रमुख आधार बनाउनेछन् । २०१६ देखि मेक्सिकन टिममा रहेका हर्भिनले २९ खेलमा ६ अन्तर्राष्ट्रिय गोल गरेका छन् । ब्लेरिम डेजमैली मिडफिल्डर, स्विट्जरल्यान्ड एक दशकदेखि स्विट्जरल्यान्डको मिडफिल्डर कमान्ड सम्हालिराखेका डेजेमेली सम्भवतः अन्तिम विश्वकप खेलिरहेका छन् । पहिलो दुई खेलमा डेजेमेलीले आप्mनो पोजिसनले आफ्नो उपस्थितिलाई न्याय दिएका छन् । यद्यपि, पूरै समय खेल्न पाए पनि प्राप्त अवसरमा उनले फिनिसिङ गर्ने साथीहरूलाई सटिक पास दिए । ६७ अन्तर्राष्ट्रिय खेल खेलेका डेजेमेलीले ९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending