Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सङ्कट समाधानका लागि राष्ट्रिय सरकार आवश्यकः नेता प्रकाश ज्वाला

दाङ, नेकपा (एमाले)का नेता प्रकाश ज्वालाले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।

रिपोटर्स क्लब दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य ज्वालाले नेपालमा आएको विपत्तिलाई उचित व्यवस्थापन तथा संविधान निर्माणलाई अघि बढाउन राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताएका हुन् ।

नेता ज्वालाले राष्ट्रिय सहमतिको सरकारका लागि पहल भइरहेको समेत बताउँदै भने \'अबको एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर तीन महिनाभित्र संविधान जारी गर्न दलहरु अघि बढ्नुपर्छ ।’

राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने पालो एमालेकै भएको दाबी गर्दै उनले पार्टी अध्यक्ष केपी ओली नै त्यसको पहिलो दाबेदार रहेको उल्लेख गरे । यद्यपि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सवालमा कुनै पनि बहानामा एमाले बाधक नबन्ने स्पष्ट पारे ।

राष्ट्रिय सहमतिको सरकारबिना जनताले राहतको अनुभूति गर्न नसक्ने भएकाले राष्ट्रिय सहमतिको सरकारको पक्षमा एमाले रहेको पनि उनले बताए ।

अहिले नेपाली सबैभन्दा बढी पीडामा परेकाे भन्दै त्यो पीडा कम गर्न राष्ट्रिय सहमति आवश्यक भएकाे उनकाे भनार्इ छ । नयाँ ढङ्गबाट राष्ट्र निर्माण गर्न कम्तीमा १० वर्ष राजनीतिक सहमति आवश्यक रहेको नेता ज्वालाले दाबी गरे ।

कार्यक्रममा उनले सरकारको निर्देशनअनुसार अहिले सबै सभासद्हरु भूकम्पपीडितको राहतका लागि गाउँगाउँतर्फ लागेको बताए । अर्थ समितिका सभापतिसमेत रहनुभएका नेता ज्वालाले अहिले सबै क्षेत्रबाट सहयोग प्राप्त भएर पनि सरकारले पीडितसमक्ष उचित रुपमा वितरण गर्न नसकेको भन्दै प्राप्त सहयोग मुठी खोलेर पीडितसमक्ष तत्काल पुर्याउन सरकारलाई निर्देशन दिएको पनि जानकारी गराए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending