Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

काठमाडौं आउने रेलका विषयमा ईन्जिनियरिङ र आर्थिक चर्चा खाेर्इ ?

काठमाडौं, १३ असार । नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्यायले चीन र भारतबाट काठमाडौं आउने रेलका विषयमा राजनीतिक रुपमा चर्चा भएपनि ईन्जिनियरिङ र आर्थिक रुपमा चर्चा नभएको स्पष्ट पारेका छन् ।

उनले भने,‘रेल ल्याउने कुरा अहिले राजनीतिक रुपमा धेरै बहस भएको छ, रेल ल्याउनु ठूलो कुरा होईन, तर यसका आर्थिक पाटाका बारेमा पनि बहस तथा चर्चा हुनुपर्छ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भारत र चीन दुवैबाट रेल आउने निश्चित भएको बताउँदै उपाध्यायले भने,‘चीन र भारत दुवै देशको बोर्डरबाट अर्थात चीनको केरुङबाट काठमामाडौं पनि १०० किलोमिटर नै छ, भारतको रक्सौलबाट काठमाडौं आउनपनि १०० किलोमिटर नै लाग्छ, यसरी हेर्दा भौगोलिक विकटताको हिसाबले चीनबाट काठमाडौं आउने रेलको लागि अलिक बढि कठिनाई छ, अब काम गराईको गतिको हिसावले हेर्ने हो भने त चीन विश्वमै अघि छ, त्यसैले काम सुरु भयो भने चीनबाट काठमाडौं रेल चाँडो आउँछ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भारतमा अहिले चलेका रेलहरु पनि तिव्र गतिका नभएको स्पष्ट पारे । उनले भने,‘अहिलेपनि भारतका रेलहरु तगडा छैनन, अब मोर्डनाईजेशन हुँदैछ।’ भारत र चीन दुवैबाट रेल आउनु राम्रो कुरा भएपनि रेल विकल्पको साधन नभएको उनको भनाई थियो ।

उनले थपे,‘ट्रेनसँगै हामीलाई सडकहरुपनि चाहिन्छन्, रेल आउँदैमा के–के नै भएकोजस्तो होईन, रेलको आवगमनसँगै भारत र चीन दुवै देशबाट पर्यटकहरु ल्याउनको लागि प्याकेज चाहिन्छ, अहिले खोई त प्याकेज ?’

विकास र समृद्धि हाँसिल गर्न नेपालको लागि अहिले महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले भने,‘अहिले काम गर्ने अवसर छ, कुम्भकर्णबाट अहिले उठेको छ, कुम्भकर्णलाई झकझकाउन सकिएन भने फेरि ६ महिनापछि सुत्छ।’

लोकसेवाको अहिलेको सेलेबसमा समेत रेलको विषय समावेश नरहेको सुनाए । उनले भने,‘रेल ल्याउनु ठूलो कुरा होईन, यहाँपनि त्यही अनुसारको जनशक्ति चाहिन्छ, त्यतातिर ध्यान दिनुपर्छ।’

आफ्नै पैसाले रेल आए त गौरवको विषय हुने नभए के को गौरव भन्दै उनले प्रश्न गरे । उनले भने,‘रेल त आजभन्दा ५० वर्ष पहिले जनयनगर–जनकपुर नेपालले चलाएको हो नि।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending