Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८२ बुधबार | 7th May, 2025 Wed
Investment bank

झोलुङ्गे पुल बनेपछि एकदिनको बाटो एक घण्टामा

\"\"म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि पूरै एक दिनको बाटो एक घण्टामा छोटिएको छ । जम्मा १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश र बगर गाउँका बासिन्दाले आवतजावत गर्न पूरै दिनको घुमाउरो बाटो पैदल हिँड्नुपर्ने, जोखिम मोलेर तुइन र साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएका हुन् । २०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि सिस्कोशका बासिन्दाले तुइनबाट खाद्यान्न, नूनतेल तारेर उपभोग गर्दै आएका थिए । आवतजावतका लागि भुमरबोट भन्ने ठाउँमा पुगेर घुमाउरो बाटो हिँड्नुपर्ने समस्या थियो । सिम्कोशकी ज्योति थापाले पुल बनेपछि पूरै दिन हिँड्नुपर्ने घुमाउरो बाटो एक घण्टामा छोटिएको बताए । गत वर्ष सिम्कोशको जंगलमा चरनका लागि बगरका बासिन्दाले लगेका गाईबस्तु पुल बनेपछि मात्रै गाउँमा ल्याएका छन् । रु ४४ लाख ७६ हजार १८८ को लागतमा निर्माण भएको पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले बताए । गाउँपालीकाको रु पाँच लाख ५३ हजार, झोलुङ्गे पुल सहयोग एकाइ ९टिबीएसयु० को रु तीन लाख ७४ हजार बराबरको लट्ठा र बुल्डअफ ग्रिप, सरकारको रु ३४ लाख ८२ हजार अनुदान र समुदायको रु ९२ हजार बराबरको श्रमदानमा पुल निर्माण भएको सचिव डिलबहादुर पुनले जानकारी दिए । २०७४ फागुन ८ गतेदेखि शुरु भएको पुल निर्माण कार्य २०७५ जेठ अन्तिम साता सम्पन्न भएको थियो । स्थानीयवासीले ५० दिनका दरले श्रमदान गरेका थिए । पुलको मंगलबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गरे । भौगोलिकरुपमा विकट सिम्कोस बगरका बासिन्दा र धौलागिरि चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकको आवतजावतमा सहज बनाएको यो पुलबाट समुदायले खेर गइरहेको जमीनमा जडीबुटी खेती गरेर आयआर्जन गर्न सक्ने सम्भावना पनि भएको अध्यक्ष पुनले बताए । टिबिएसयुका प्र्राविधिक अधिकृत श्रीधर भण्डारीले यो पुल स्थानीय तहले बनाएको सम्भवत नेपालकै पहिलो भएको बताए । धौलागिरि गाउँपालिकाले पुल बनाएर स्थानीय तह पनि पुल निर्माणमा सक्षम भएको सन्देश प्रवाह गराउन सफल भएको बताए । उहाँका अनुसार म्याग्दीमा यस वर्ष ११ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । कुल ३६५।६ मिटर लामो बेगखोला, धौलागिरि गाउँपालिकाको धनमानेमा ५६ मिटर, छहरी खोलामा ३२ मिटर, मालिका नूनथलामा ४५।७५ मिटर, टाक्सेमा ६४ मिटर, दाङखोलामा ६७ मिटर, दोबिल्नामा ७५ मिटर, मंगलाको आरुखोलामा ६६ मिटर, रघुगंगाको ¥यासीखर्कमा ६० मिटर र अन्नपूर्णको मनोघाटमा ३२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको अधिकृत भण्डारीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending