ललितपुर, १५ असार । जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ । समितिको बैठकले जिल्लाका छ स्थानलाई विरोध प्रदर्शन गर्न पाउने स्थानका रुपमा तोकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।
महानगरपालिकामा च्यासलको खेल मैदान, भैँसेपाटी छयासीकोट नजिकैको खाली ठाउँ र धोबीघाट नजिक मलपोखरीको खुल्ला स्थानलाई समितिले विरोध गर्न पाउने स्थानका रुपमा तोकेको छ । जिल्लाकै गोदावरीको बसपार्क नजिकको खाली ठाउँ, बज्रबाराही मन्दिर ढोका नजिकको खुला ठाउँ र लुभुस्थित सशम्भु चौरमा मात्रै विरोध गर्न पाउने निर्णय भएको परिषरले जनाएको छ । उहाँ भन्नुहुन्छ, “यीबाहेक अरुतिर गर्दा नियमानुसार कारबाही हुनेछ ।” काठमाडौँ उपत्यकाका तीनै जिल्लामा विरोध गर्ने ठाउँ तोक्ने गृह मन्त्रालयको निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा बसेको समितिले सो निर्णय गरेको हो । तोकिएका स्थानमा बाहेक अन्यत्र नारा, जुलुस, भेला, जम्मा, विरोधलगायत कार्यक्रम गर्न नपाइने प्रहरी नायब उपरीक्षक चन्दले बताए । तोकिएकाबाहेकका स्थानमा विरोध प्रदर्शन गर्दा स्थानीय शासन सञ्चालन ऐनअन्तर्गत कारबाही हुनेछ । यसअघि लगनखेल, जिल्ला प्रशासन कार्यालय अगाडि र कुपण्डोल हुँदै काठमाडौँसम्म विरोधका कार्यक्रम हुने गरेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: