Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

मेसीपछि रोनाल्डो पनि घर फर्किएः उरूग्वे २, पोर्चुगल १, कति खेल कस्तो खेले ?

सोची । विश्व कपको दोस्रो प्रि-क्वार्टर फाइनल अन्तर्गत शनिवार फिस्ट स्टेडियममा उरुग्वेले पोर्चुगललार्इ २-१ गोलले हराएको छ । यस जीतका साथ उरुग्वेले ८ वर्षपछि क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । क्वार्टर फाइनलमा उसको भेट अब ६ जुलाईमा फ्रान्ससँग हुनेछ । दुवै टीमबीच यो तेस्रो अन्तरराष्टिय भेट थियो । जसमा उरुग्वेले पहिलो जित निकाल्यो । यसअघि पोर्चुगलले १ जित र १ बराबरी खेलेको थियो। अाजको अन्नपूर्णमा खबर छ-यस खेलमा रुग्वेका लागि एडिन्सन काभानीले ७ औँ र ६२ औँ मिनेटमा गोल गर्यो । काभानीले यस विश्वकपमा गोल संख्या ३ पुर्याएका छन्। अर्कातिर पोर्चुगलका लागि डिफेन्डर पेपेले ५५ औँ मिनेटमा गोल गरे । ३० जुनमा भएको नकआउट स्टेजको भिडन्तमा १० गोल भएको छ । विश्व कपमा १९७० पछि पहिलो पटक यति धेरै गोल भएको हो । उरूग्वेले पनि खेलेको खेलबाट गोलसंख्या यति धेरै पुगेको हो । १९ जुन १९७० मा भएको दुर्इ सेमिफाइनल भिडन्तमा ११ गोल भएको थियो । यो खेल उरुग्वे र ब्राजिल, इटाली र तत्कालीन पश्चिम जर्मनीकोबीच भएको थियो । ब्राजिलले उरुग्वेलार्इ ३-१ र इटालीले तत्कालीन पश्चिम जर्मनीलार्इ ४-३ ले हराएको थियो। मेसीपछि रोनाल्डो पनि फर्किए विश्व कपको पहिलो प्रि-क्वार्टर फाइनलमा फ्रान्सले लियोनेल मेसीको टिम अर्जेन्टिनालार्इ ४-३ ले हराएर घर पठाएको थियो  । त्यसपछि दोस्रो प्रि-क्वार्टर फाइनलमा पोर्चुगलको हारपछि रोनाल्डोको पनि यस विश्वकपबाट यात्रा सकिएको  छ । दुवै टिमको पराजयपछि विश्वका सबैभन्दा उत्कृष्ट दुर्इ खेलाडी यस विश्वकपमा देखिने छैनन् । रोनाल्डोले चार खेलमाा चार गोल गरे । जसमा एक ह्याट्रिक पनि छ । अर्कातिर मेसीले ४ खेलमा १ गोल गर्न सके भने २ गोलका लागि अवसर मिलाए । उरूग्वे भन्दा पोर्चुगलको राम्रो खेल
टिम गोल प्रयास कर्नर बल पोजेसन पास पास एक्युरेसी पास
उरुग्वे  ६ ३९ प्रतिशत २७३ ६८ प्रतिशत
पोर्चुगल २० १० ६८ प्रतिशत ५८८ ८६ प्रतिशत
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending