Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध सयौँ शहरमा प्रदर्शन

अमेरिका । संयुक्त राज्य अमेरिकाका सयौँ शहरमा राष्ट्रपति डोनाल्ड ट्रम्पका आप्रवासन नीतिहरूको विरोधमा र्‍यालीहरू आयोजना भएका छन्।

मानिसहरूले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी परिवारलाई उनीहरूका सन्तानबाट अलग गरिएकोमा विरोध गर्दै ती प्रदर्शनमा भाग लिएका छन्। जनस्तरमा आक्रोश व्यक्त भएपछि त्यसलाई रोक्ने राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन्। ६ सय ३० भन्दा बढी शहरमा कार्यक्रमहरू आयोजना गर्ने योजना बनाइएको थियो र प्रदर्शनकारीहरूले अमेरिकी सीमामा अलग गरिएका आप्रवासी परिवारलाई सँगै रहनदिइनुपर्ने माग राखेका थिए। चौतर्फी आक्रोशपछि बालबालिकालाई अभिभावकबाट अलग गर्ने नीति उल्टायाउने राष्ट्रपति ट्रम्पले घोषणा गरे पनि अहिले पनि २ हजारभन्दा बढी बालबालिका आफ्ना आमाबुवाबाट अलग गरिएका छन्। अभिभावक र सन्तानको सम्बन्ध प्रमाणित गर्ने अभिलेख नराखिएको भन्दै त्यस्ता बालबालिकाको भविष्यलाई लिएर चिन्ताहरू व्यक्त भइरहेका छन्। मुख्य प्रदर्शनहरू वाशिङटन डिसी, न्यूयोर्क र अन्य अमेरिकी शहरहरूमा आयोजना भएका थिए। जहाँ प्रदर्शनकारीहरूले परिवारलाई अलग गरिनु नहुने धारणा सहितका प्लेकार्डहरू बोकेर सहभागिता जनाएका थिए। प्रदर्शनकारीहरूले आप्रवासन नियन्त्रण गर्ने जिम्मेवारी पाएको एउटा निकायलाई सधैँका लागि बन्द गरिनुपर्ने माग गरेका छन्। तर आइतवार सार्वजनिक हुने भनिएको एउटा अन्तर्वार्तामा ट्रम्पले त्यस्तो हुननसक्ने बताए। न्युयोर्कमा शरणार्थीहरूलाई \'स्वागत छ\' भन्दै नाराबजी गरिएको थियो। सिकागोमा प्रदर्शनकारीहरूले संघीय आप्रवासन निकायहरूको स्थानीय कार्यलयबाहिर र्‍याली निकालेका थिए। प्रदर्शनमा सहभागी एक बालिकाले भनिन्, \"म साँच्चै अपेक्षा गर्छु कि तपाईँ र अरू जोसुकै बालबालिकाले स्वतन्त्रतापूर्वक र हाँस्दै, खेल्दै जिउन पाउनुपर्छ। कुनै पनि बालबालिकालाई बन्दी बनाइनुहुँदैन्।\" ट्रम्प प्रशासनको आप्रवासनबारेको शून्य सहनशीलतासम्बन्धी शुरूको नीतिले अधिकारीहरूले गैरकानूनी रुपमा मेक्सीको अमेरिका सीमा पार गर्न खोज्ने जोकोहीलाई पक्राउ गरी थुनामा राख्ने अधिकार दिन्छ। त्यसको अर्थ बालबालिकालाई अभिभावकबाट अलग गरी राख्नुपर्ने हुन्छ। बन्दीगृहमा त्यस्ता बालबालिकाको हृदयविदारक अवस्था झल्काउने रेकर्डिङ्गहरू सार्वजनिक भएपछि व्यापक आक्रोश व्यक्त भएका थिए। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy