Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

जर्मनीमा चान्सलर र मन्त्रीबीच गम्भीर मतभेद

जर्मनीबाट प्राप्त खबरहरूमा त्यहाँका आन्तरिक मामिला मन्त्री होर्ष्ट जो-होफरले चान्सलर एंगेला मर्केलसँग आप्रवासन नीतिका विषयमा असहमति भएपछि राजीनामा दिने प्रस्ताव गरेको उल्लेख गरिएका छन् । सत्तारुढ गठबन्धनको बैठकमा उनले यस्तो धारणा राखेको बताइएको छ । उनले शरण खोज्दै आउने मानिसहरूविरुद्ध कडा नीति अख्तियार गरिनुपर्ने मत राख्दै आएका छन् । यसै हप्ता युरोपेली संघले गरेको आप्रवासनबारेको सहमतिप्रति पनि उनी असन्तुष्ट रहेका विवरण आएका थिए । मन्त्री हर्ष्ट जो-होफर मर्केल गठबन्धनमा आबद्ध सीएसयुका एक प्रमुख नेता हुन् । मर्केलले आप्रवासनबारेका लिएका नीतिहरूका कारण उनी थप आक्रोशित बनिरहेको जनाइएको छ । यो विवादले मर्केलको कमजोर गठबन्धन सरकारको भविष्यलाई लिएर प्रश्नहरू उठिरहेका छन् । उनका आन्तरिक मामिला मन्त्री तथा उनको बभेरियन दलका नेताले राजीनामा दिने इच्छा व्यक्त गरेका विवरण आएका छन् । जर्मन चान्सलरलाई उनकै दलबाट भने समर्थन रहेको छ । तर त्यो मात्र उनी खुशी हुन पर्याप्त छैन । हर्ष्ट जो होफरको दल एकपक्षीय रुपमा जर्मन सीमाबाट आप्रवासीहरूलाई फिर्ता पठाइनुपर्ने पक्षमा रहेको छ । आइतवार लामो समय चलेको बैठकमा सीएसयुले मर्केलले राखेको अघिल्लो हप्ता युरोपेली संघले अनुमोदन गरेको आप्रवसानसम्बन्धी प्रस्ताव अस्वीकार गरेको जस्तो देखिन्छ । उक्त सहमति जुटाउन मर्केलले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् र उनले ग्रीस र स्पेनले अष्ट्रिया बभेरिया सीमामा रोकिएका अप्रवासीलाई लैजाने सहमति गरेको बताएकी छिन् । सीएसयु नेतृत्वले आन्तरिक मामिला मन्त्रीलाई राजीनामा नदिन मनाउन खोजिरहेको बताइन्छ । तर उनले आफ्नो राजीनामा फिर्ता लिएपनि मर्केलविरुद्ध चुनौती र असन्तुष्टिहरू कायम रहनेछन् । संवाददाताहरू भन्छन्, जो होफरले आगामी शरदयाममा हुने राज्यस्तरका चुनावलाई ध्यान दिएर मर्केललाई चुनौती दिएको विश्लेषण गरिरहेका छन् । उनको दललाई अप्रवासन विरोधी एएफडी पार्टीले चुनौती दिने ठानिएको छ । तर सर्वेक्षणहरूले बभेरियाका मानिसहरू सीएसयुका नेताभन्दा पनि मर्केलका विचारहरूबाट सन्तुष्ट रहेको देखाएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending