Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

'यस्तो कायर सरकारले मसँग यति मत छ भन्नुको कुनै अर्थ छैन'

काठमाडौं। नागरिक समाजका अगुवाहरुले माइतीघर मण्डल लगाएतका अन्य स्थानहरुमा शान्तीपुर्ण ढंगले प्रर्शन गर्न नदिनु सरकार आफै जनतासँग डराएको आरोप लगाएका छन् । पब्लिक डिफेन्स एलाइन्सले मंगलबार पत्रकार सम्मेलन गरी डा. गोविन्द केसीको अनसन, सरकारले तोकेको निषेधाज्ञा र गंगामाया अधिकारीको अनसनबारे आफ्नो धारणा सार्वजनिक गरेको हुन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधानमा लेखिएको कुरा बताउदै सरकारले जनताको बोली नै बन्द गर्न खोजेको आरो लगाएकी छिन् । उनले भनिन् ‘संविधानले भनेको छ, शान्तिपूर्वक भेला हुन पाइन्छ, आफ्नो विचार व्यक्त गर्न पाइन्छ’ उनले भनिन्, व्यक्तिमाथि अन्याय भयो, समाजमाथि अन्याय भयो भने मान्छेले बोल्छ । दुरदराज, जंगलमा गएर बोलेर त हुँदैन । सडकमै आएर बोल्नुपर्छ जहाँबाट सुनिन्छ, त्यही आएर बोल्नुपर्छ ।’ तर, दलहरुले प्रतिपक्षमा बसेको बेला सडकको बार पनि भत्काउने र सत्तामा पुगेपछि अदालत पनि परतन्त्र होस्, कसैले नबोलोस् भन्न चाहेको उनले बताइन् । र भनिन् हिजो पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको र भोलि सरकार छाडेपछि फेरि यही आउनुपर्छ भन्ने नबिर्सन आग्रह गरिन् । अभिवक्ता सुरेन्द्र भण्डारीले सरकारले दुई तिहाईको शक्तिलाई उन्मादमा परिणत गरेको बताए । ‘नागरिकसँग डराउने सरकार कायर नै हुन्छ’ उनले भनेका छन्, ‘यस्तो कायर सरकारले मसँग यति मत छ भन्नुको कुनै अर्थ छैन ।’ अधिवक्ता ओमप्रकाश अर्यालले चिकित्सा शिक्षा विधेयकमा सरकारले माथेमा आयोगको प्रतिवेदनमा अस्वीकार गरेको बताए । अध्योदशलाई निरन्तरता दिने क्रममा स्वीकार गरेका विषयहरुमा समेत सरकार पछि हटेको भन्दै उनले भने, ‘अहिले थपिएका हरेक प्रावधान एउटा एउटा मेडिकल कलेजका लागि छ ।’ उनले अध्यादेशमा भएको १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने, मेडिकल कलेजको आफ्नै अस्पताल हुनुपर्ने, सरकारी कलेजमा ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने जस्ता प्रावधान हटाइएको भन्दै विरोध गरेमा छन् । ‘सरकारको कदम प्रतिगामी र मेडिकल शिक्षालाई नाफामुखी बनाउने उनमो भनाइ छ ।’ कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्की, मानवअधिकारकर्मी चरण प्रसाईंलगायतले आमरण अनसनरत गंगामायाको माग सम्बोधन गर्न आग्रह गरेका छन् । दलहरुले गंगामायाको अनसनलाई प्रतिपक्षमा बस्दा मुद्दा बनाउने र सरकारमा गएपछि बिर्सने गरेको कार्कीले बताइन्। । छोरा र श्रीमान गुमाएको उनी न्यायका लाडिरहेको तर, सबैको उनको घाँटी थिचेर मार्न खोजेको उनले बताइन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy