Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

इजरायली प्रधानमन्त्रीकी धर्मपत्नीको मुद्दाको सुनुवाई तीन महिनापछि हुने

जेरूसेलम, इजरायल, २५ असार। छली र विश्वास घात गरेको आरोप लागेकी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी धर्मपत्नी साराको मुद्दामाथिको सुनुवाई आगामी तीन महिनाका लागि स्थगित भएको अदालत प्रशासनले सोमबार जनाएको छ । यस पहिले यही जुलाई १९ मा हुनेगरी ‘जेरुसेलम मेजिस्ट्रेट कोर्ट’ द्वारा तोकिएको सारा नेतन्याहुको सुनुवाई आगामी अक्टुबर ७ मा हुने उक्त अदालतले सञ्चारकर्मीलाई बताएको छ । मुद्दाबारे विस्तृत विवरण नदिइकन न्यायाधिश अभिताल चेनले मुद्दामाथिको सुनुवाईलाई ढिलो गर्न स्वीकृति प्रदान गर्नुभएको इजरायली न्यायाधिवक्ताको कार्यालय र प्रधानमन्त्रीका धर्मपत्नी साराका कानूनी प्रतिनिधिले बताए । प्रधानमन्त्रीको सरकारी निवासमा खाना बनाउने कामदार उपलब्ध नभएको बताउँदै राज्य कोषको दुरूपयोग गरी एक लाख अमेरिकी डलरको खाना खरिद गरेको आरोपमा उनान्साठी वर्षीय सारामाथि गत महिना मुद्दा दायर भएको थियो । सन् २०१० देखि २०१३ सम्म नेतन्याहु, उहाँको परिवार र पाहुनाहरूका लागि भनी तीन लाख ५९ हजार सेकेल्स (इजरायली मुद्रा) बराबरको खाना खरिद गरेको नक्कली बिल पेश गरेको आरोप छ । नेतन्याहुले भने उक्त आरोपको खण्डन गर्दै आफूबाट कुनै छली नभएको बताउँदै आएका छन् । प्रधानमन्त्रीले पनि आरोपलाई ‘अनर्गल’को आरोप भनी प्रतिक्रिया दिँदै आउनुभएको छ । यद्यपि प्रधानमन्त्री नेतन्याहुमाथि पनि विविध विषयमा भ्रष्टाचार गरेको आरोपहरू भित्रभित्र लगाइने गरेको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy