Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

पुटिनकै पक्षमा किन उभिए ट्रम्प ? चुनावमा रुसले हस्तक्षेप नगरेको बताएपछि चर्को अालोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गरेका छन्।

आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष विपरीत अभिव्यक्ति दिएका हुन्। उनले अमेरिकी चुनावमा रुसले साठगाँठ गर्नुपर्ने कुनै कारण नभएको बताए। पुटिनले पनि आफ्नो मुलुकले अमेरिकी मामिलामा कहिल्यै हस्तक्षेप नगरेको दोहोर्‍याए। दुई नेताले फिनल्याण्डको राजधानी हेलसिन्कीमा सोमवार करिब दुईघण्टा भेटवार्ता गरेका थिए। भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पलाई अमेरिकी चुनावमा रुसले हस्तक्षेप गरेका आरोपहरू लगाइँदा उनी आफ्ना गुप्तचर निकायका कुरा पत्याउँछन् अथवा रुसी राष्ट्रपतिका कुरा भन्ने प्रश्न सोधिएको थियो। जवाफमा ट्रम्पले भने, \"राष्ट्रपति पुटिन भन्नुहुन्छ रुसले केही गरेको छैन। रुसले त्यस्तो गर्नुपर्ने कुनै कारण म पनि देख्दिनँ।\" सन् २०१६ मा अमेरिकी गुप्तचर निकायहरूले हिलरी क्लिन्टनलाई पछि पार्न राज्यद्वारा प्रायोजित साइबर आक्रमण र सामाजिक सञ्जालमा झूटा समाचारहरू राख्ने काममा रुसको संलग्नता रहेको निष्कर्ष निकालेका थिए। हेलसिन्कीमा ट्रम्पले दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गर्दै हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख पल रायनले भनेका छन्, \"ट्रम्पले यो कुराको प्रशंसा गर्नुपर्छ कि रुस अमेरिकाको साझेदार होइन।\" \"अमेरिकासँग रुसको कुनै बराबरी नै हुनसक्दैन जो हाम्रा अधिकांश आधारभूत मान्यता र आदर्शप्रति आक्रामक रहन्छ।\" रिपब्लिकन सिनेटर जन म्याकेनले अमेरिकी राष्ट्रपतिहरूको कार्यकालको पछिल्लो इतिहासमा यो सबैभन्दा नराम्रो समय भएको टिप्पणी गरेका छन्। पुटिनले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावलाई आफ्नो देशले प्रभावित पारेको भन्ने केही मानिसहरूको सोचाइ \'पूर्णतः हास्यास्पद\' भएको बताएका छन्। अमेरिकाको फक्स न्यूज च्यानलसँगको एउटा अन्तर्वार्तामा पुटिनले ट्रम्प चुनावमा उठेका बेला उनलाई पछ्याउन सक्ने स्रोत-साधन आफ्नो मुलुकसँग नभएको तर्क गरे। उनले अमेरिकी राष्ट्रपति अथवा उनको परिवारसँग कुनै प्रकारको सहकार्य पनि नभएको बताए। पुटिनले अमेरिका-रुस सम्बन्धलाई अमेरिकाको आन्तरिक राजनीतिक संघर्षको बन्धक बनाउन नहुने टिप्पणी गरे। हेलसिन्कीमा भएको भेटवार्तालाई ट्रम्प र पुटिन दुवैले सफल भनेका छन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending