Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भूकम्पले दुबै खुट्टा गुमाएका रमेश भन्छन् – ‘रोएर-कराएर हुँदैन, रमाउनुपर्छ’

काठमाडौँ, ‘आमा म बाँच्दिन यो दुखाई सहन सक्दिन’ भूकम्पपछि दुवै खुट्टा गुमाएका सोलुखुम्बु सल्यान–७ का १४ वर्षीय सन्देश बस्नेत आफ्नो पीडा आमालाई पोख्दै थिए । छोराको पीडा सहन नसकी उनकी आमा पशुपति बस्नेत अर्कोपट्टि फर्किंदै आँसु पुछ्दै थिइन् । उनी आफ्नो छोरालाई हिम्मत नहार्न आग्रह गर्दै थिइन् । ठीक त्यसैबेला ह्विलचियर चलाउँदै सान्त्वना दिन आइपुगे दैलेख बाँसी–३ का १८ वर्षीय रमेश खत्री । \'हेर भाइ यसरी हरेश खानु हुन्न । म पनि तिमी जस्तै त छु नि हेर त । मेरा पनि दुवै खुट्टा छैनन् । तर सबैतिर घुम्दै तिमी भएको ठाउँमा पनि आइपुगेँ\', उनले भने । रमेश सन्देशलाई आफूसँगै बाहिर घुम्न हिँड भनिरहेका थिए । ‘यहाँ बस्यो भने पीडा भइरहन्छ बाहिर घुम्न हिँड पीडा भुल्छौ आनन्द महसुस हुन्छ । अब रोएर कराएर केही हुँदैन दैवले हामीलाई नयाँ जीवन दियो त्यसैमा रमाउन सिक्नुपर्छ भाइ ।’ दुवै महाराजगन्जस्थित टिचिङ अस्पतालको चौथो तलामा रहेको शैयामा थिए । दुवैको पीडा एउटै थियो । दुवैले आफ्ना खुट्टा गुमाएका थिए । रमेशले आफूले खुट्टा गुमाए पनि अरुलाई आफ्नो पीडा देखाउनेभन्दा हिम्मतका साथ काम गर्न आग्रह गरिरहेका थिए । आफ्नै गाउँमा कक्षा १० मा अध्ययनरत रमेश काम विशेषले साथीहरुसँग काठमाडौँ आएका थिए । रमेश र उनका साथीहरु काठमाडौँको नयाँ बसपार्कस्थित भूमेश्वरी गेष्टहाउसमा बसेका थिए । उनका सबै साथी काठमाडौँ घुमघाम गरी घर फर्किसकेका थिए । तर उनको भने केही काम बाँकी रहेकाले काठमाडौँ रोकिए । मेरो योजना १२ गतेकै दिन ‘नाइट’ गाडीमा घर जाने थियो त्यसैले टिकटसमेत मिलाइसकेको थिएँ, उनले भने । दिउँसो खाना खाएर कपडा ‘प्याकिङ’ गर्दै थिए एक्कासि उनलाई रिङ्गटा लागेको महसुस भयो । उनले भने, \'दुई तलामाथि थिएँ म, सबै हल्लिन थाल्यो भूकम्प भन्ने थाहा हुने वित्तिकै हतारहतार बाहिर सिढीँबाट ओर्लिदै थिएँ । एक तला ओर्लिन नपाउँदै गेस्टहाउस ढल्यो ।’ उनको दुवै खुट्टालाई दुइवटा फलामको डण्डीले च्यापेको थियो । उनको शरीरको माथिको भागलाई एउटा सानो बारले छेकेको थियो । उनले सुरुमा त आफू बाँच्छु भन्ने आसा नै मरेको बताए । ‘तर केहि समयपछि बाहिर सबैजना कराउन थाले । भित्र कोही छ ? भन्ने आवाज आयो । अनि मैले म छु भनेर चिच्याएँ । मेरो वरिपरिका सबैजना बचाउ भन्दै थिए ।’ उनीसँगै त्यस घरमा अरु पनि पुरिएका थिए । उनले सुनाए– ‘एकछिन अघिसम्म पुरिएका अरु बचाउ भन्दै रहेका भएपनि केही समयपछि उनीहरु बोल्नै छाडे । म पनि बिस्तारै बोल्न नसक्ने अवस्थामा पुगेँ ।’ उनलाई २४ घण्टापछि नेपाल प्रहरीले उद्दार गरेका थिए । रमेशलाई घाइते भएको भन्दा पनि आफू बाँच्न पाएकोमा खुशी लागेको बताए । एक सहयोगीको भरमा रमेश ‘ह्वील चियर’ गुडाउँदै भूकम्पमा परेर घाइते भएका अस्पतालका अन्य बिरामीलाई पनि सान्त्वना दिने गरेका छन् । कक्षा ८ मा अध्ययरत सन्देशले छात्रवासमा रहेका बेला भूकम्पमा परेर आफ्ना खुट्टा गुमाएका हुन् । विसं २०६२ मा तत्कालीन माओवादी र प्रहरीबीचको भीडन्तमा परी उनको बुवाको मृत्यु भएको थियो । बुवाको मृत्युपछि सन्देश साँगामा रहेको होस्टेलमा बसेर अध्ययन गर्दै आएका थिए । भूकम्पका बेला भाग्ने क्रममा रेलिङ्ले उनको खुट्टा किचेको थियो ।  दुखाइ सहन नसकेर चिच्याइरहँदा निकै बेरसम्म कसैले उद्दार गर्न नआएको उनले बताए । केही समयपछि होस्टेलका एक गार्डले उठाउन आएका थिए । उनकी आमा पशुपतिले भूकम्प गएपछि होस्टेलमा फोन गरेर सोध्दा सबै विद्यार्थी सकुशल छन् भनेर झुटो बोलेको बताइन् । ‘आफ्नो छोरा ठिक छ भनेर ढुक्क भएर बसेकी थिएँ । तर भोलिपल्ट मात्र थाहा भयो यस्तो भएको रहेछ ।’ सन्देशको खुट्टाको शल्यक्रिया आइतबार मात्र भएको थियो  । शनिबारकै दिन खुट्टाको शल्यक्रिया हुन पाएको भए आफ्नो छोराले खुट्टा गुमाउन पर्ने थिएन भन्दै होस्टेलकै लापरवाहीले छोराको खुट्टा गुमेको आरोप समेत लगाइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies