Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

झोलुंगे पुलबाट पच्चिस सय घरधुरी लाभान्वित

बाबियाचौर । म्याग्दी, ४ साउन ९रासस० ः दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग गनुपर्ने समस्या हटेको मात्र छैन पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ । रघुगंगा गाउँपालिका–१ मा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सिङ्गल स्पाम प्रविधिमा नेपालकै लामो ९३६५।८ मिटर० झोलुंगे पुल निर्माण गरेको छ भने अन्य १० वटा झोलुंगे पुल उपभोक्ता समितिमार्फत निर्माण भएका हुन् । रु दुई करोड ७९ लाख ९० हजार १०० को लागतमा बनेको सो पुल २०७५ वैशाखदेखि सञ्चालनमा आएको थियो । यसबाट बेग र बादुक गाउँका बासिन्दालाई आवतजावत गर्न डेढ घण्टा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हट्नुका साथै पर्यटकको चहलपहल बढेको वडाध्यक्ष बिलबहादुर फगामीले बताए । अन्य १० वटा पुल जिल्ला प्राविधिक कार्यालय, झोलुंगे पुल सहयोग कार्यक्रम ९टिबीएसयु०, स्वाप, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको सहकार्यमा निर्माण भएका हुन् । रु तीन करोड चार लाख ३९ हजार ४६४ लगानीमा निर्माण भएका १० वटा झोलुंगे पुलबाट दुई हजार ५०३ घरधुरीका १४ हजार ५४६ जनसंख्या लाभान्वित भएका मिलन म्याग्दीका प्राविधिक विष्णु पन्तले जानकारी दिए । धौलागिरि गाउँपालिका–४, जेल्तुङमा १०२ मिटर, धनमानेमा ५९ मिटर र छहरी खोलामा ३२ मिटर लामो ट्रस पुल निर्माण भएको छ । मालिका गाउँपालिकाको टाक्सेमा ६४, नुनथलामा ४५।७५, दोविल्नामा ६४, दाङखोलामा ६७ मिटर लामा झोलुंगे पुल निर्माण भएका छन् । यसैगरी, मंगला गाउँपालिका–५, अर्मनको आरुखोलामा ६९ मिटर, रघुगंगा गाउँपालिका–८ कुइनेमंगलको घ्याँसीखर्कमा ६३ मिटर र अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको मर्नामा ३२ मिटर लामो ट्रस पुल निर्माण भएको टिबिएसयुका प्राबिधिक अधिकृत श्रीधर भण्डारीले बताए । पुल निर्माण भएपछि भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश र बगर गाउँका बासिन्दाले आवतजावत गर्न पूरै दिनको घुमाउरो बाटो पैदल हिँड्नुपर्ने, जोखिम मोलेर तुइन र साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएका सिम्कोशकी ज्योति थापाले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy