Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

२३औं दक्षिण एसियाली खेलकुदमा २७ खेल

काठमाडौं । नेपालमा सन् २०१९ को मार्चमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)मा २७ खेलमा प्रतिस्पर्धा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा बसेको बैठकले सागमा खेल संख्या २७ राख्ने निर्णय गरेको हो। बैठकले यसअघि तय भएको २५ खेलमा दुईवटा खेल क्रिकेट र प्याराग्लाइडिङ थप्ने निर्णय गरेको हो। यसअघिको बैठकमा २५ खेल राख्ने तय भएको थियो। अाजकाे अन्नपुर्णपाेष्ट दैनिकमा याे खबर छ - आयोजक राष्ट्रको सिफारिसमा दुई खेल राख्न पाउने प्रवधानअनुसार नेपालले यसअघिको बैठकमै कराँते र गल्फ खेल थप गरेको थियो। काउन्सिलको बैठकले सदस्य राष्ट्रकै अनुरोधमा क्रिकेट र प्याराग्लाइडिङ थप गरेको हो। क्रिकेटमा यू–२३ टोलीबीच प्रतिस्पर्धा हुनेछ। बैठकले काउन्सिलको विधान संशोधनमाथि छलफल पनि गरेको छ। विधान संशोधनका लागि आगामी अगस्टसम्म सदस्य राष्ट्रलाई अध्ययनका लागि समय दिइने बताइएको छ। बैठकमा भुटानबाहेक नेपाल, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी ६ राष्ट्र सहभागी थिए। सागमा समावेश खेलमा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, लनटेनिस, ट्राइथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराँते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ छन्। बैठकको अध्यक्षता काउन्सिलका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए। बैठकमा अध्यक्ष श्रेष्ठले सागका लागि आवश्यक पूर्वाधार निर्माण धमाधम भइरहेको जानकारी गराएका थिए। यसैगरी काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौं आएका विभिन्न राष्ट्रका प्रतिनिधिले शनिबार नै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षणसमेत गरेका थिए। प्रतिनिधि टोलीले दशरथ रंगशालाको मर्मत कार्यको प्रगतिबारे जानकारी पनि लिएका थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy