Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

चन्दा संकलन गरी खेलमैदान निर्माण

बेँसीसहर । लमजुङको बेँसीसहर नगरपालिका-१०, खासुगाउँका बासिन्दाले चन्दा संकलनबाट खेल मैदान निर्माण गरेका छन् । खासुरवासीले गाउँमा इलेभेन ए साइडको खेल मैदान निर्माण गरेका हुन्।खसुरोधीं युवा क्लबको अगुवाइमा गाउँकै कोडहर डाँडामा खेल मैदान निर्माण भइरहेको छ। क्लबका अध्यक्ष नन्दबहादुर घलेले मैदान तयार भएपछि खेतमा फुटबल खेल्नुपर्ने बाध्यता हट्ने बताए। अाजकाे अन्नपुर्णपाेष्ट दैनिकमा याे खबर छ - घलेका अनुसार २०६५ सालदेखि तीन वर्ष क्लबले विभिन्न चाडपर्वमा नाचगान गरी सात लाख रुपैयाँ जम्मा गरेर खेलमैदान निर्माण थालेको थियो । युवा बिदेसिएपछि मैदान निर्माणकार्य रोकिएकोमा अहिले बिवदेसिएकाले सहयोग जुटाएपछि पुनर्निर्माण थालिएको छ । ‘बिदेसिएका युवाले खेल मैदान निर्माणका लागि सहयोग पठाउन थाले । सहयोग रकमलाई सदुपयोग गर्दै हामीले खेलमैदान निर्माण गर्‍यौं’, उनले भने। बेलायत, अमेरिका, हङकङ, यूएई, कतार र मलेसिया लगायतमा रहेका स्थानीयले सहयोग गर्दै आएका उनले बताए । बिदेसिएका युवाले १३ लाख रुपैयाँ सहयोग गरिसकेको र सहयोग गर्ने क्रम जारी रहेको गाउँका अगुवा जीवराज घलेले बताए । खेलमैदान निर्माण गर्न बेँसीसहर नगरपालिकाले तीन लाख, वडाले दुई लाख, गाउँकै पाँच युवाले एकएक लाख, नौ युवाले ५०÷५० हजार, प्रगति नारी समाजले ५० हजार रुपैयाँ सहयोग गरेको युवा अगुवा दूधप्रसाद घलेले बताए । उनका अनुसार गाउँका बूढापाका, आमा समूह, युवा सबैले खेलमैदान निर्माणमा श्रमदान गरेका छन्। क्लबका संस्थापक अध्यक्ष भरतराज घलेले गाउँका आठ जनाले झन्डै ४० रोपनी जग्गादान गरेको बताए । खेलमैदान निर्माणले गाउँलेमा खुसी छाएको उनले बताए । गाउँमा युवा अगुवा हीरालाल विश्वकर्माले खेलमैदान निर्माणले युवाहरूमा उत्साह थपिएको बताए। खेलमैदान निर्माण पूरा भएपछि प्रदेशस्तरीय खेल खेलाउन सकिने उनले बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy