Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

कर्मचारी समायोजन साउन तेस्रो सातादेखि

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन तेस्रो सातादेखि कर्मचारी समायोजन सुरु गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले साउन १५ मा सूचना प्रकाशनको तयारी गरेको जानकारी प्रवक्ता सहसचिव सुरेश अधिकारीले दिए । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको संख्या यकिन भएपछि मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाउन लागेको हो । कर्मचारी समायोजन ऐन २०७४ अनुसार ज्येष्ठता, पायक पर्ने जिल्ला र रुचिका आधारमा समायोजन गरिनेछ । ‘समायोजनमा संघ, प्रदेश र स्थानीय तह कहाँ जान चाहेको हो, त्यसबारे अनलाइनबाटै फाराम भर्न सक्नेछन्,’ अधिकारीले कान्तिपुरसँग भने, ‘साउन तेस्रो साता औपचारिक प्रक्रिया सुरु हुन्छ ।’ संघ र प्रदेशमा रहने मन्त्रालय र विभाग/निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर टुंग्याइएको छ । भर्खरै मन्त्रिपरिषद्बाट स्वीकृत ओएन्डएमअनुसार संघमा ४५ हजार ८ सय १५ र ७ वटा प्रदेशमा १६ हजार ५ सय ७० कर्मचारी रहनेछन् । संघमा रहने विभाग र निकायको संख्या अनुमान गरिएभन्दा निकै बढेपछि अघिल्लो पटक गरिएको आकलनभन्दा संघमा कर्मचारी संख्या १५ हजार बढेको हो । स्थानीय तहमा ५७ हजार ७ सय ६६ कर्मचारी आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय तहमा रहने अस्थायी दरबन्दी स्वीकृत भएकाले समायोजन प्रक्रिया अघि बढाउन सकिने अधिकारीले बताए । स्थानीय तहमा १० हजार कर्मचारी अपुग देखिन्छन् । ७ सय ५३ मध्ये ७३ स्थानीय तह प्रमुखविहीन छन् । उपसचिवको दरबन्दी रहेका ती निकायमा अधिकृतले काम चलाइरहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy